भागबण्डा मिलेपछि गाउँपालिकाको बजेट ७ महिना ढिलो गरी आयो

भागबण्डा मिलेपछि गाउँपालिकाको बजेट ७ महिना ढिलो गरी आयो
+
-

वीरगञ्‍ज- पर्साको कालिकामाई गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम आर्थिक वर्ष शुरु भएको ७ महिना बितेपछि बल्ल आएको छ। जनप्रतिनिधिहरुबीच बजेटमा भागबण्डा नमिलेका कारण आर्थिक २०७५/७६को बजेट ढिलागरी आएको हो।

उक्त बजेटमा कालिकामाई गाउँपालिकाको स्वास्थ्य चौकी मुडलीमा सोमबार सम्पन्‍न भएको गाउँसभाले आर्थिक बर्ष २०७५र७६ को लागि कुल रु २८ करोड १६ लाख ३४ हजार एक सय ४८ बराबरको बजेट तथा कार्यक्रम तय गरेको छ।

समयमसीमा गाउँसभामार्फत बजेट नआउँदा गएको ७ महिनादेखि गाउपालिकामा विकाश निर्माणको कार्य ठप्प रहदै आएको थियो।गाउपालिकामा भएका वडाहरुले आफनो योजना तथा कार्यक्रम समयमै गाउपालिकामा नबुझाएकाले गाउसभा ढिलो हुन गएको गाउपालिकाका अध्यक्ष नथुनी कुशवाहाले बताए।

‘वडाध्यक्ष ज्युहरुकै कारणले गाउ सभा ढिलो हुन गयो‘,अध्यक्ष कुशवाहाले भने,‘वहाहरु समयमै वडाको निती तथा कार्यक्र छनौट गरेर दिनु भएन त्यसैले ढिलो भयो ।’

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले आफू १ महिना पहिले नै आएकोले आफू बजेट ढिलाईको बारेमा खासै थाहा नभएको प्रतिक्रिया दिए। ‘म एक महिना पहिलै नै सरुवा भएर आएको हुँ,अधिकृत यादवले भने,‘मलाई त खासै थाहा छैन तर, गाउँपालिकामा अधिकृत पनि नभएको हो कि जस्तो लाग्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?