अलपत्र वीरेन्द्र चौक

वीरेन्द्रको शालिक राख्‍ने विषयमा विवाद

वीरेन्द्रको शालिक राख्‍ने विषयमा विवाद
+
-

सुर्खेत-पूर्वराजा वीरेन्द्रको शालिक भत्काइएपछि बाँकी रहेको भग्‍नावशेषमा पानीको फोहोरासहितको चौक निर्माण गर्ने योजनासहित वीरेन्द्रनगर नगरपालिकाले काम सुरु गर्यो। गत जेठ १३ गते राती डोजर लगाएर भग्नावशेषको बाँकी संरचना पनि भत्काइयो। तर सात महिना बितिसक्दासम्म पनि वीरेन्द्रचौकको पुनर्निमाण कार्य भने सुरु हुन सकेको छैन।

स्वर्गिय राजा वीरेन्द्र शाहको शालिक राख्‍नेबारे विवाद हुँदा पूननिर्माण अलपत्र परेको हो। राजा वीरेन्द्रको शालिक हटाएर पानीको फोहोरासहितको पोखरी निर्माण गर्ने योजनामा नगरपालिकाले चौकमा निर्माण गरिएको संरचना भत्काएको थियो। तर, सात महिना वितिसक्दासमेत पूननिर्माण शुरु हुन सकेको छैन। उक्त योजना नै अलपत्र अवस्थामा छ।

स्थानीयबाट विरोध भएपछि वीरेन्द्रनगरले नयाँ संरचना बनाउन नसकिएको जनाएको छ। नगरपालिकाले उक्त योजना निर्माणका लागि पाँच लाख रूपैयाँ विनियोजन गरेको थियो। ‘पानीको फोहोरासहितको पोखरी निर्माण गर्ने उद्देश्यले शालिक राखिएको चौंक भत्काइएको हो’ वीरेन्द्रनगर–६ का वडाअध्यक्ष मोतीप्रसाद कंडेलले भने,‘नगरपालिकाको योजना विरुद्ध स्थानीय जनमत खडाभएपछि निर्माण हुन सकेन।’ चौक भत्काएलगतै पोखरी निर्माणका लागि बालुवा, ढुङ्गालगायतका आवश्यक सामग्रीसमेत ल्याइएको थियो। तर, हाल उक्त सामग्रीसमेत निर्माणस्थलमा छैन।

वडाकार्यालयले आधा चौक भत्काएर छोड्दा झनै कुरूप बनेको छ।‘संविधानतः राजाको शालिक बनाउनु भन्दा फोहोरासहितको पोखरी बनाउनु उपयुक्त ठानिएको हो’ अध्यक्ष कंडेलले भने,‘एकाथरिबाट राजाकै शालिक राख्नुपर्ने दवाब आयो। विरोधकाबीच काम गर्न सक्ने वातावरण बनेन।’ कार्यपालिकाबाट चौक कस्तो र कसरी निर्माण गर्ने भन्नेबारेमा निर्णय नभएसम्म काम अगाडी बढाउन नसकिने उनले बताए।

कर्णालीबासीको पहिचानका लागि वीरेन्द्रनगर बजारलाई सुन्दर बनाउनुपर्छ भन्ने योजनाले फोहोरासहितको पोखरी निर्माण गर्ने योजना हो। तर, अब कार्यपालिकाको बैठकबाट निर्णय नभएसम्म काम गर्न सक्ने अवस्था छैन’ वडाअध्यक्ष कंडेलले भने। उनले वीरेन्द्रनगर कार्यपालिकाको निर्णय पर्खिएको बताए।

यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रको शालिक राख्‍ने बारेमा नितीगत निर्णय गर्न नसकिने बताए। ‘जनता र कार्यपालिकाले निर्णय ग¥यो भने फरक कुरा हो’ उनले भने,‘चौक भत्काउँदा विरोध भएपछि काम रोकिएको छ। आगामी नगरसभामा यो एजेण्डामा छलफल हुन्छ।’ वीरेन्द्रनगरको हिउँदे अधिवेशन माघको दोस्रो साताबाट शुरु हुँदैछ।

वीरेन्द्र चौकको इतिहास


राजा वीरेन्द्र वि.सं. २०२३ सालमा सुर्खेत आएका थिए। उक्त समयमा नै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए। आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए।

‘तत्कालिन समयमा चौहानचौर भनिन्थ्यो, कटकुवा नगर पञ्चायतमा गाभियो’ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मकुन्दश्याम गिरीले भने,‘राजाले रुचाएको ठाउँ भएकाले सबै राजनीतिक दलको समर्थनमा वीरेन्द्रनगर नगर पञ्चायत नामाकरण गरियो।’ राजाको शालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचौक नामाकरण गरिएको थियो।

त्यतिबेला गिरी पञ्‍चायत प्रमुख थिए। भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको शालिक वि.सं. २०४३ सालमा राखिएको थियो। वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले शालिकको अनावरण गरेकी थिइन्। ‘मुलुकमा गणतन्त्र आयो, संविधान बन्यो।

संघीयता कार्यान्वयन भएको छ’ उनले भने,‘राजतन्त्र समाप्त भएपछि थुप्रै परिवर्तन भए, परिवर्तन गर्ने नै हो भने नगरपालिकाकै नाम परिवर्तन हुनुपर्ने हो। जुन राजाले बनाएको नगर हो त्यसमा शालिक राख्न के भयो ?’ गिरीले भने।

वीरेन्द्रचौकमा राजाको शालिक अनिवार्य रूपमा राख्नुपर्ने उनले बताए। वीरेन्द्रनगर पुग्ने पर्यटकहरूले राजाप्रतिको आस्थासँगै इतिहासको संरक्षण हुने भएकाले वीरेन्द्रकै शालिक बनाउनुपर्ने उनी बताउँछन्। उनले भने,‘बढ्दो सवारी चापलाई असर नगर्ने संरचना बनाउन सकिन्छ, ट्राफिक पोष्ट राख्‍न मिल्छ। वीरेन्द्रको शालिक भत्काएर अन्य संरचना बनाउँदा इतिहासको ध्वस्त हँुदै जाने खतरा देखिन्छ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’