वीरेन्द्रनगरमा जथाभावी फोहोर फाल्‍नेलाई जरिवाना

वीरेन्द्रनगरमा जथाभावी फोहोर फाल्‍नेलाई जरिवाना
+
-

सुर्खेत-वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा फोहोर व्यवस्थापनमा कडाई गरिने भएको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा दिनप्रति दिन फोहोर बढ्दै जान थालेपछि त्यसको दिर्घकालिन व्यवस्थापनका लागि कार्यविधि नै तयार पारिएको छ।

वीरेन्द्रनगर–६ को वडा कार्यपालिकाले आवश्यक कार्यविधि बनाएको हो। वडापालिकाले बनाएको ‘फोहोरमैला व्यवस्थापन कार्यविधि–२०७५’ नगर कार्यपालिकाबाट पनि पारित भएको छ। कार्यविधि पारित भएसँगै लागु पनि गरिएको छ। अब वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा जथाभावी फोहोर फाले जरिवाना तिर्नुपर्ने छ।

कार्यविधिले पैदल यात्रुदेखि फुटपाथ व्यापारिसम्मलाई फोहोर व्यवस्थापन नगरे जरिवाना तोकेको छ । कार्यविधि अनुसार पैदल तथा सार्वजनिक यातायातका यात्रुले चुरोट तथा सुर्तीजन्य बस्तुसहित कुनै पनि फोहोर जथाभावी फालेमा कसुर गरेको ठहरिने छ।

पान, पुकार र गुट्का जस्ता सुर्तीजन्य पदार्थ जथाभावी फालेर कसुर गरे नगरपालिका वा सम्वन्धित वडाले प्रत्येक पटक एक सय रूपैयाँ जरिवाना गर्नेछ । एउटै व्यक्तिले सोही कसुर दोहोर्‍याएमा वा पटक–पटक गरेमा एक सय रूपैयाँ जरिवाना बृद्धि गर्न सक्ने छ।

तोकिएको स्थानबाहेक अन्य ठाउँमा फोहोर फाले पाँच सय रूपैयाँ पहिलो पटक जरिवाना लाग्ने छ । गल्ती दोहोर्‍याउँदै गए जरिवाना दोब्बर गर्ने र फोहोरमैला उठाउन लाग्ने खर्चसमेत नगर वा वडाले असुलउपर गर्नेछ।संकलन गरिएको फोहोर अनाधिकृत तवरले प्रयोग गरे पाँच सयदेखि तीन हजारसम्म जरिवाना तोकिएको छ।

यस्तै, फोहोर संकलनका लागि प्रयोग गरिएका सवारीमाथि तोडफोड गरे, क्षति पुर्‍याए वा फोहोर संकलन केन्द्रमा नोक्सानी पुर्‍याए पाँच सय देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने छ । सवारीसाधन संकलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्चसमेत असुल उपर गरिने व्यवस्था कार्यविधिमा छ।

अनुमति नलिई फोहोरमैला व्यवस्थापन गर्ने र अनुमति पत्रमा उल्लेखित शर्तहरू उलंघन गरे पाँच हजार देखि २५ हजार जरिवाना तोकिएको छ।

अनुमति नलिएसम्म फोहोर उठाउन रोक लगाउने र समयमा फोहोर संकलन नगरे जरिवानाका अलवा अतिरिक्त खर्च सम्वन्धित पक्षबाट असुली गर्ने व्यवस्था लागु गरिएको छ। फोहारमैला फाल्ने ठाउँमा हानीकारक पदार्थ फाले वा थुपारेमा २ हजार पाँच सयदेखि दश हजारसम्म जरिवाना हुनेछ।

यस्तै, जनस्वास्थयमा असर पर्ने गरि सडक वा सार्वजनिक स्थानमा हानीकारक बस्तु फालेमा पाँच हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ। फोहोरमैला व्यवस्थापनमा अवरोध गर्ने, हडताल गरे पाँच हजारदेखि २५ हजार, सरकारले प्रतिवन्ध लगाएको बस्तु उत्पादन तथा विक्रिवितरण गरे पाँच हजारदेखि १० हजार रूपैयाँसम्म जरिवाना कार्यविधिले तोकेको छ।

फोहोर मैला व्यवस्थापन ऐन–२०६८ बमोजिम तीन महिनासम्म कैद वा देवै सजाय गर्न सिफारिस गरिने छ। फोहोरमैला व्यवस्थापनसम्वन्धि कसुर गरेको ठहरिएमा पाँच हजारसम्मको जरिवाना वडा समितिको कार्यालय र त्यो भन्दा माथिको जरिवानाका हकमा नगरपालिकासँग वडाले प्रस्ताव गर्नुपर्ने छ।

घरपालुवा पशुचौपाय छाडा छोड्ने वा अनुमति विना व्यवसाय सञ्चालनमा पनि कार्यविधिले कडाई गरेको छ। अब कसैले छाडा पशुचौपाय छोडेमा प्रति पशु पाँच सय रूपैयाँ र फर्मका हकमा दुई हजार पाँच सय रूपैयाँ जरिवाना लाग्नेछ । फर्मबाट छाडा छोडिएका पशुचौपाय हटाउन ३५ दिनको समय दिने र अटेरी गरे तीन महिनासम्म पाँच हजारका दरले जरिवाना लगाइने छ ।

फोहोर उठाएबापत शुल्क


अब वीरेनद्रनगर–६ भित्रका घरबाट फोहोर उठाएवापत घरधनीबाट शुल्क लिइने भएको छ। वडा कार्यालयले सेवा शुल्कवापत मासिक रूपमा व्यक्तिगत घर, व्यापार, व्यवसाय, पसलका लागि पनि फोहोर व्यवस्थापन शुल्क तोकेको छ।

कार्यविधिअनुसार प्रति घरधुरी मासिक ५० देखि एक सय रूपैयाँ तिर्नुपर्ने छ । नर्सिङ्ग होमले तीनदेखि पाँच हजार, होटेल व्यवसायीले तीनदेखि पाँच हजार रूपैयाँ फोहोर व्यवस्थापनवापत सेवा शुल्क तिर्नुपर्ने छ। सेवा शुल्कबाट प्राप्त भएको रकमलाई आम्दानीका रूपमा लिइने छ।

सेवा शुल्कको छुट्टै हिसाव राखि सञ्चित कोष खडा गरिनेछ। जसबाट आवश्यक मापदण्ड तयार पारि फोहोरैला व्यवस्थापन, वातावरणीय संरक्षण तथा फोहोरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको विकासमा वडा समितिको कार्यालयले खर्च गर्नेछ।

मासिक रूपमा सेवा शुल्क नबुझाउने सेवाग्राहीको फोहोरमैला व्यवस्थापन सम्वन्धि नगर वा वडाबाट उपलव्ध हुने सेवा रोक्ने व्यवस्था नयाँ कानुनमा गरिएको छ । सेवा निलम्बनमा परे घरबाट उत्पादन हुने फोहोरको व्यवस्थापनसमेत घरधनीले गर्नुपर्ने छ।

सार्वजनिक स्थलहरूमा वडापालिकाले नै फोहोर व्यवस्थापनका लागि डस्टबीनहरू राख्ने वडाअध्यक्ष मोतिप्रसाद कंडेलले बताए।उनले एक जना सरसफाई निरीक्षक तोकेर सरकारफाईका गतिविधिमाथि निगरानी बढाइने बताए।

फोहोर व्यवस्थापनमा योगदान गर्ने, जथाभावी फोहोर राख्ने, थुपार्ने, व्यक्तिको बारेमा प्रमाणसहित उजुरी दिने व्यक्तिलाई वडाले नगद पुरस्कारसहित सम्मान गर्ने योजना बनाएको अध्यक्ष कंडेलले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’