जुम्लामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

जुम्लामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु
+
-

सुर्खेत– सोमबारदेखि निरन्तर भएका वर्षासँग चिसो बढेपछि हिमाली जिल्ला जुम्लामा कठ्याङ्ग्रिएर एक युवाको मृत्यु भएको छ। अत्यधिक हिमतुफानमा परी सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको हो।

पटमारादेखि जोडु जाने क्रममा नाकुल्ली लेकमा हिउँ र हावाहुरीका कारण कठ्याङ्ग्रिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

पटमाराबाट राडीपाखी खरिद गरि विक्रि गर्न जोडु गाउँ जाने भनि उनका दुई दाजुभाई हिडेका थिए।

नाकुल्ली भन्‍ने स्थानमा तीव्र हिमपातसँगै हावाहुरी चल्दा उनीहरु विचलित भएका थिए। मंगलबार साँझ पटमाराबाट घर फर्कदै गर्दा हिउँमा परी मृत्यु भएको जुम्लाको जोडु माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले बताए।

मृतकका दाई बाँचे बुढालाई भने घाइते अवस्थामा फेला परेका छन्। सँगै हिडेका दाजुभाई मध्ये भाई नभेटिएपछि खोजी तीव्र पारिएको थियो। खोजीकै क्रममा बुधबार मध्यान्ह शिवचन्द्र मृत अवस्थामा फेला परेका हुन्।

मृतक शिवचन्द्र फेला परेको स्थानमा दुईफिट बढी हिउँ परेको छ। शव घर लैजाने स्थिति नदेखेकाले सोही स्थानमा दाहसंस्कार गरिएको छ। चिसो बढेसँगै निरन्तर हिमपात हुँदा कर्णालीका हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ। हिउँ परेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’