
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ।
हो, यही महिनामा मेरो पनि अक्षारम्भ पनि भएको थियो। पछि पुजारीसम्म भए जुन मेरो बाल्यकालको सम्झनालाई मानसपटलमा सम्झिएर ल्याउँदा अहिले पनि ताजै लाग्छ।
पहिलो पटक सरस्वती पूजा
म करिब ५ वर्षको हुँदो हुँ।माघ महिनाको त्यो जाडो। आमाले बिहानै उठाउनुभयो र भन्नुभयो, ‘बेटा उठ ! आइके सरस्वती के पूजा चियै। लाहाइले परतौ।दैयासँङे पूजा करे स्कु ल जाइहये।(छोरा उठ,आज सरस्वती पूजा हो, नुहाउनु पर्छ।दिदीसँग पूजा गर्न स्कुल जानू।)
म हत्त न पत्त उठे र सरासर छिकेकी रामविलासको कल (ट्युबेल)मा नुहाउन गएँ।नुहाएर आउँदा दिदी र आमा पूजाको सामग्री तयार पार्दै हुनुहुन्थ्यो। जाडो महिना भएकाले आकाश धुम्म थियो।
चिसो शिरेटो चलिरहेको थियो।आमाले दिदीलाई भन्दै हुनुहुन्थ्यो, ‘झमझम लरु (लड्डु) बना दैया, पूजा करैले जाइले देर हेतौ।बौवा लेहाके चैल येलै। (छिटो छिटो लड्डु बनाऊ छोरी।पूजा गर्न जान ढिलो हुन्छ। भाई नुहाएर आइसक्यो।)
त्यनसपछि दिदीले पूजा थाली ‘मना'(कास र थाकलबाट बनाइएको एक प्रकारको थाली) मा चिनीको प्रसाद, पान, सुपारी, अक्षता, जल र सिक्काकको पैसा राख्नुभयो र भन्नुभयो, ‘आब चल बौवा पूजा करैले स्कुल।(अब हिँड जाऔ पूजा गर्न स्कुलतिर।)
हामी घरबाट निस्कियौ।जाँदै गर्दा बाटैमा दिदीकी सहेली द्रौपति, विन्देश्वरी, सन्तोषी हातमा पूजा सामग्री र जल लिएर निस्किए।उनीहरु पनि हामी सँगै पूजा गर्न साथी भए। स्कुकल (श्री प्राथमिक विद्यालय सिवाइ-बेल्हा,सुन्दरपुर-८)नजिकै भएकाले हामी करिब ५ मिनेटमै पुग्यौ । त्यहाँ पुग्दा पूजाको लागि लाम लागिसकेको थियो। हामी पनि त्यही लाममा बस्यौ।
उता, माइकमा गीत बजिरहेको थियो…
सुनले मेरे मा सरस्वती
सुनले मेरे पुकार
मै आया हुँ मा
मै तेरे दरबार….
तर त्यातिबेला हाम्रो स्कुलमा सरस्वतीको मन्दिर थिएन्। स्कुलले एउटा कक्षाकोठालाई नै पूजा गर्न भनेर मन्दिर बनाइएको थियो। स्कुलको चलन अनुसार त्यही स्कुलमा कक्षा पाँचमा पढ्ने जेहेन्दार विद्यार्थीलाई ‘पूजारी’ बनाइन्थयो। स्कूलले पण्डित बोलाएर उसैलाई ‘पूजारी’ बनाएर पूजा सम्पन्न गराउदै आएको थियो। करिब आधा घण्टा कुरेपछि बल्लि हामी पूजा गर्ने मन्दिरमा पुग्यौ।
भाग्य भनौ की के भनौ। त्यो पूजाको लागि बनाइएको मन्दिर मै पढ्ने कक्षा १ लाई बनाइएको थियो। त्यो देखेर मेरो मन खुशीले गदगद् भयो। त्यहाँ हामी बस्ने बेन्चलाई नै घोप्टो पारेर मन्दिर बनाइएको थियो। मन्दिरलाई केराको पात, फुलबुटे अनि रंगीबिरंगी काजगले सजाइएको थियो।
दिदीले मलाई हातमा धुप दिदै भन्नुभयो,’ बौवा, गोर लागने रह की। हमे पूजा करैचियौ। (भाई ढोगीराख है। म पूजा पूजा गर्छु।)
दिदी र मैले धुप समाते। पूजारीले पनि सँगै हात जोड्यो र ब्राह्मणले मन्त्र उच्चारण गर्न थाल्नुभयो।
‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव।
त्वमेव विद्या च द्रविणम त्वमेव, त्वमेव सर्वमम देव देवः।।’
सरस्वती माया दृष्टा बीणा पुस्तक धारिनी
हंस बाहन संयुक्ता विद्या दानम करोतू मे ।।
मन्त्र उच्चारण गरिरहँदा म भने आँखा खोल्दै चिम्म गर्दै फेरि खोल्दै पूजारीले गरेको पूजा हेरिरहेको थिएँ। तर मन भने छटपटिएको थियो। मनले भनिरहेको थियो, ‘आहा हमही बैठैबला बेन्चके सरस्वतीके मन्दिर बनाइने छै। आब त हमरा सरस्वती परहैले सिख्याब देतै। आब हम खौ पहरबै या बरका लोक बनबै।(आहा ! सरस्वतीको मन्दिर मै बस्नेब बेन्चले बनाइएको छ।अब मलाई सरस्वतीले पढ्न सिकाइ हाल्छ नि ! म त धेरै पढ्छु। ज्ञानी बन्छु’)।दिदीले छिटो पूजा सकाउनुभयो।
पूजापछि हामीलाई पूजारीले सातु र बुनियाँ मिसिएको ‘प्रसाद’ दिए। दिदीले ‘मना’मा थाप्नुभयो।मलाई भने पूजारीले ‘प्रसाद’ दिँदै भन्नुभयो, ‘अब ज्ञानी भएर पढ्नुँ है। ठूलो मान्छे बन्नू।’ मैले मुन्टो हल्लाएर ‘हुन्छ’को स्वीकृति जनाए। तर मलाई भने पूजारी बन्ने इच्छा जाग्योर। हामी बाहिर आयौ। बाटोमा दिदीले ‘प्रसाद’ दिनुभयो। मैले खाए र मनमनै संकल्प गरे,’अब म पनि धेरै पढ्छु र एक दिन यस्तै पूजारी बन्छु।’
चार वर्षपछि पहिलो पटक ‘पूजारी’ भएँ
समय बित्दै गयो।म प्रत्येक कक्षाहरुमा मेधावी विद्यार्थीको रुपमा देखा पर्न थाले। गुरुहरुले दिनुभएको हरेक पाठ र गृहकार्य कक्षामा गरेर आउँथे। मलाई मन पर्ने विषय थियो ‘नेपाली’,अंग्रेजी र गणित। मैले कक्षा एकदेखि नै नेपाली विषयमा भएका हरेक कवितालाई गुरुले भने बमोजिम कण्ठस्थ पार्थे र सुनाउँथे। त्यस्तै हिसाब गर्न दुई एकान र अंग्रेजी पढ्न ‘मिनिङ’ घोक्नु पर्थ्यो त्यतिबेला। र मैले त्यसलाई पनि सहजै आफ्नो बनाए केवल पूजारी हुनको लागि।
कक्षा एकमा मेरो रोल नम्बर १ सय १२ थियो। तर पूजारी हुनकै लागि पढेकाले कक्षा एकबाट २ कक्षा पुग्दामा १० रोल नम्बर आयो। कक्षा दुईबाट कक्षा ३ मा जाँदा मेरो रोल नम्बर ५ भयो। कक्षा तीनबाट-४मा जाँदा मेरो रोल नम्बर ४ आयो। कक्षा ४ बाट कक्षा ५ मा जाँदा म फस्ट भए पनि सेकेण्ड बनाइदियो। तर पढ्न अब्बल भएकाले कक्षा पाँचमा पहिलो पटक स्कुल व्यवस्थापनले मलाई ‘पूजारी’ बनायो।
म पहिलो पटक ‘पूजारी’ भएकोमा सँगैका साथीहरु बासुदेव अधिकारी, रमेश राई, सबिना चौधरी, दुर्गा चौधरी(लंकेश), दीपक घतानी, सबनम चौधरी लगायतका साथीहरु रमाएका थिए। पूजा सम्पन्न भइसकेपछि भोलिपल्ट त्यतिबेला ‘प्रसाद’को रुपमा सबै विद्यार्थीहलाई लाइनमा राखेर बुनिया बाडिन्थ्यो।
त्यही अनुरुप हामी प्रसादको रुपमा बुनिया लिन सबैजना लाइनमा बस्यौ। राजकुमार सर, शारदा मिस र रामनारायण दाजु( कार्यालय सहयोगी) मिलेर हामीलाई बुनियाँ दिनुभयो। त्यो बुनिया खाएर पर्सीपल्ट कक्षामा आउँदा मेरो स्वर नै भाँसिएको थियो। म बोल्न सक्ने अवस्थामा थिइन्। आवाज पूरै बिग्रिएको थियो। सबै साथीहरुले भन्थे,’ यी ‘पूजारी’ भ्याके बौहौत बुनिया खेने हेतै। ताब येकर स्वर चैल गेलै।( यो पुजारी भएकाले धेरै बुनिया खाएको हुनुपर्छ। अनि स्वर बस्यो।)
अर्को स्कुलमा पनि तीन पटक पूजारी भएँ
सुरुमा पढेको स्कुल प्राथमिक भएकाले कक्षा पाँच पास भएपछिको पढाई अर्को स्कुलमा गर्नु पर्यो। कक्षा ६ देखि १० सम्मको अध्ययन अर्को गाउँ ज्यामिरेमा रहेको श्री थान पोखरी मावि हडिया-३,ज्यामिरेमा गरे। त्यहाँ पनि कक्षा ६ मा भर्ना हुँदा मेरो रोल नम्बर ७५ थियो। तर मेरो ‘पुजारी’ बन्ने धोको पूरा भएकै थिएन।

श्री थान पोखरी माविमा स्कुल पढ्दाका साथीहरुसँग म (दायाँबाट
पहिलो)
त्यसकारण मैले मेहेनत गरेर पढ्नु पर्थ्यो। यसका लागि म पढ्नमै मन दिन्थे। कक्षा ६ बाट कक्षा सातमा जाँदा मेरो रोल नम्बर एकै पटक ४ भएर आयो। म कक्षामा चौथो विद्यार्थी भएँ। म त्यो वर्ष भने पूजारी हुन पाइन।
तर जब कक्षा ७ बाट कक्षा ८मा पुगे, मेरो रोल नम्बर २ हुन पुग्यो। यसपछि म फेरि श्री थान पोखरी माविमा ‘पुजारी’ हुने मौका पाएँ। त्यसपछि त पढाइमा झन मन जान थाल्यो । नतिजा पनि अब्बल बन्दै गयो मेरो। कक्षा ८को परीक्षामा म जिल्ला प्रथम भए र लगातार कक्षा ९ र १० पनि पुजारी बन्ने मौका पाएँ।
पुजारीको श्रेय ‘नेपाली’ विषय र नेपाली गुरुलाई
कक्षा पाँचमा पहिलो पटक पूजारी बन्नुको कारण मेरो अध्ययन अब्बल भएकाले हो। पछि मलाई मेरो प्रधानाध्यापकले भन्नुभएको थियो। तर त्यसमा पनि नेपाली विषय मेरो लागि विशेष हुन्थ्यो। यो क्रम अर्को स्कुलसम्म आइपुग्दासम्म पनि जारी रह्यो।
थानपोखरी माविमा त्यसबेला मलाई नेपाली पढाउने गुरु मधुसुधन काफ्ले युरुले औधी माया गर्नुहुन्थ्योा। उहाँ जहिल्यै पनि कक्षामा भएका कविताहरु लय हालेर पढाउनु हुन्थ्यो। जुन मेरो मानसपटलमा तत्कालै कण्ठस्थ हुनथ्यो।
भोलिपल्ट त्यही लयमा उक्त पाठ/कविता सुनाउन म तम्तयार भएर बस्थे। उहाँ जहिले पनि भन्नुहुन्थ्यो,’ नेपाली भाषाको मूल जड हो व्याकरण र लय हो। जसले व्याकरण र लय जान्योा।
ऊ नेपाली विषयमा आँखा चिम्लेलर पास।’ यही कुरालाई म स्कुुल छुटीपछि बाटोमा मनन् गर्दै घर आउथे। भोलिपल्ट कक्षामा जाँदा कविताहरु लय हालेर सुनाइदिन्थे।
त्यातिबेला एउटा कविता कक्षा ९मा पढ्नु पर्थ्यो जसलाई भानुभक्तले लेख्नु भएको थियो। कविताको शीर्षक थियो ‘देह र आत्मा’। गुरुले एकै दिनमा सुनाउनु पर्ने आदेश दिनुभयो।
तर भोलिपल्ट कक्षामा अन्तिम रोल नम्बरबाट सुनाउन लगाउनुभयो। तर कसैले सुनाउन सकेनन्। तर, जब मेरो पालो आयो। गुरुले भन्नुभयो,’ फस्ट ब्वाइ स्टाण्ड अप।’ मेरो मुखबाट लयमा वाचन प्रारम्भ भयो,
‘हे तारा जी विचार नराखी
तिमीले शोकै कति गर्दछ्यौन।
यो मेरो पति हो भनेर
नबुझी व्यतर्थै शरीर हर्दछ्यौा।’
मैले पूरै कविता एकै पटकमा सुनाएपछि गुरुले भन्नुभयो, ‘तिमी त साँच्चीकै सरस्वतीको पूजारी रहेछौ।’ त्यसको भोलिपल्टै सरस्वती पूजा थियो। म फेरि पूजारी भए। साथीहरु रमेश , महेश, सरिता, याम, चुना,दिनेश लगायतका सबै मिलेर धुमधामसँग सरस्वती पूजा मनायौ। ठीक आज त्यही ‘सरस्वती पूजा’ र गुरुको आशीर्वाद दुवैलाई सम्झिरहेको छु।