
वीरगञ्ज – वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । वीरगञ्जमा सोमबार साँझ आयोजित एक कार्यक्रमका बिच संघका नवनिर्वाचित अध्यक्ष गोपाल केडियासँगै पदाधिकारी र सदस्यहरुलाई प्रमुख निर्वाचित अधिकृत बालमुकुन्द खरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
गत पुष २७ गते सम्पन्न ४३ औं सधारणसभाबाट निर्वाचित संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमबार औपचारिक रुपमा सपथ ग्रहण गरेसँगै नयाँ नेतृत्वले वैधानिकता पाएको हो।
संघको अध्यक्षमा केडियासँगै वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, उद्योग सचिव अरबिन्द अमात्य, वाणिज्य सचिव प्रेमचन्द्र गोयल, कोषाध्यक्ष रबिन्द्रकुमार बर्णवाल, सहकोषाध्यक्ष गोबिन्द प्रसाद साहले पनि सपथ लिएका हुन्।
सपथपछि कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष केडियाले पर्सा, बारा औद्योगिक कोरिडोरमा विद्यमान समस्या र चुनौती न्यूनिकरण गर्न लागि पर्ने बताए।