वीरगञ्ज- अरुको नाममा मोटरसाईकलको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी र ट्रायल दिन लगाउने व्यक्ति पक्राउ परेका छन्।
वीरगञ्जको परसौनीस्थित ट्रायल सेन्टरमा अरुको नाममा मोटरसाइकलको ट्रायल दिने हेटौडा उपमहानगरपालिका वडा न ९ बस्ने दोसेप सापकोटालाई नारायणी यातायात व्यवस्था कार्यलय वीरगञ्जले पक्राउ गरेको हो।
सापकोटासहित उनलाई ट्रायल परीक्षा दिन लगाउने हेटौडाकै ज्योति डंगोललाई पनि कार्यालयले पक्राउ गरेको छ।
मोटरसाईकलको रिट्रायल परीक्षा दिनेक्रममा प्रवेश पत्र चेकजाँच गर्दा शंका लागेर सोधपुछ गर्दा उनीहरु दुवै जनालाई पक्राउ गरिएको नारायणी यातायात ब्यावस्था कार्यालय बिरगञ्जले जानकारी दिएको छ।
नक्कली परीक्षार्थी सापकोटा र रिट्रायल दिन लगाएको डँगोललाई नियन्त्रणमा लिई आवशयक कारवाहीको लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको छ।पछिल्लो समय मोटरसाईकलको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थीहरु बढ्दै गएका छन्।