
वीरगञ्ज- बहुबिबाह मुद्दाका फरार प्रतिवादीलाई बारा प्रहरीले चार बर्षपछि पक्राउ गरेको छ।
प्रहरीले करैयामाई गाउपालकिा-६ बस्ने ३२ वर्षीय अमर चौधरीलाई पक्राउ गरेको हो।
चौधरीलाई जिल्ला अदालत बाराले २०७१ असोज ६ गतेको फैसाला आदेशले वहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना तोकेकोमा हालसम्म उनी फरार रहदै आएका थिए।
चौधरीलाई संघीय प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिहोर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
चौधरीलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले उनलाई तोकिएको कैद भुक्तानको लागी कारागार कार्यालय बिरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।