
वीरगञ्ज- पुलबाट मोटरसाईकलसहित खोलामा खसेर बिहीबार बिहान एक जना भारतीय नागरिकको ज्यान गएको छ।
बाराको आदर्श कोतवाल गाउपालिका वडा नम्बर ८ मा रहेको जमुनिया खोलाको पुलबाट मोटरसाईकल सहित खोलमा खसेर भारत बिहार पूर्वी चम्पारण घोडासहनका ३५ वर्षीय राजेश गिरीको ज्यान गएको हो।
बिहीबार बिहान बि आर एक्स ८४१३ नम्बरको भारतीय मोटरसाईकल लिएर खोलको पुल पार गरिरहेका गिरीको खोलामा खस्दा घटनास्थलमै ज्यान गएको बाराका प्रहरी नायब उपरिक्षक रञ्जित सिँह राठौरले जानकारी दिए।