चिकित्सा शिक्षा विधेयक

सिंहदरबार र शिक्षण अस्पतालबाट डा. केसीबारे जुहारी

सिंहदरबार र शिक्षण अस्पतालबाट डा. केसीबारे जुहारी
+
-

काठमाडौँ— सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुले डा.गोविन्द केसीलाई फरक—फरक उद्देश्य र शैलीबाट अनशन तोड्न आग्रह गरेका छन्।

केपी ओली नेतृत्वको सरकारले गत साउन १० गते आफुसँग गरेको सम्झौता चिकित्सक विधेयकमा हुवहु व्यवस्था नभएको भन्दै डा.केसीले अनशन थालेको २३ औँ दिनमा सरकार र नेपाली कांग्रेसले आ—आफ्ना तर्कसहित उनलाई अनशन तोड्न आग्रह गरेका छन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सिंहदरबारमा डा. केसीको माग पुरा भइसकेकाले अब अरुको उक्साहटमा लाग्न छोडेर सिटामोल बोकी आफ्नै क्षेत्रमा फर्कन उनलाई आग्रह गरे।

उस्तै समयमा डा. केसीलाई भेट्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट व्यापक विरोध भएपनि दुवै संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकार अनुदार देखिएकाले आफ्नो जीवन रक्षाका लागि अनशन तोडी नयाँ अध्यायबाट लडाइँको सुरुवात गर्न डा. केसीलाई आग्रह गरे।

देउवाले सरकारको जर्वजस्तीका कारण चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पास भएको र त्यसले समग्र जनतामा गलत सन्देश प्रवाह हुने बताए। डा.केसीसँग भएको सम्झौता र आफुहरुको विरोधको बाबजुत पनि बहुमतको दम्भ देखाएर सरकारले विधेयक पास गरेको उनको आरोप छ।

यता सरकारका प्रवक्ता बास्कोटाले दुवै सदनबाट विधेयक पारित भइसकेकाले अव डा. केसीको अनशनको कुनै पनि औचित्य नभएको स्पष्ट पारिहेका थिए।

कांग्रेसले भने डा. केसी शैयामै ‘मरे मरोस्’ भन्ने शैलीमा प्रस्तुत भएको आरोप लगायो त्रिविशिक्षण अस्पतालबाट।

चिकित्सकहरुले आकस्मिक बाहेक सबै सेवा ठप्प पारेर शुक्रबार आन्दोलनमा उत्रने घोषणा गरेको पृष्ठभूमिमा केही पनि नभएको, डा. केसीको अनशन या सत्याग्रह भएको थाहानै नपाएको जस्तो गरी सरकार प्रस्तुत भएको कांग्रेस नेता गगन थापाले बताए।

बास्कोटा भने सिहंदरबारमा भन्दै थिए, ‘सरकारले डा. केसीलाई बेवास्ता गरेको भए उनकै माग समेटेर विधेयक यति प्राथमिकताका साथ कसरी दुवै सदनबाट पास हुन्थ्यो ? संसदीय समितिमा छलफलका क्रममा डा. केसीले समितिका सदस्यहरुका कुरा सुन्न इन्कार गर्नु भयो ।’

देउवाको उता भनाइ थियो,’ डा. केसीले उठाएका सबै माग पुरा हुन्थे या हुन्थेनन् तर सरकारले कतिपटक उहाँसँग सवांद गर्‍याे भन्ने प्रश्न महत्वपूर्ण छ।’

डा. केसीसँग भएको सम्झौता मात्रै नभई त्यो भन्दा अघि बढी नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा गुणस्तरीयता कायम हुने गरी विधेयक आएको दावी बास्कोटाको थियो ।

नेता थापाले केपी ओली नेतृत्वको सरकारले सम्झौता उल्लंघन गरेकै कारण डा. केसीको अनशन लम्बिएको जिकिर   गरे ।
‘डा. केसीको माग एउटा वाक्यमा भन्ने हो भने मात्र देशका प्रधानमन्त्री केपी ओलीले बोलेको कुरा पुरा गर्नुहोस भन्ने हो । त्यसबाट सरकार पछि हटेको छ,’ थापाले त्रिविशिक्षण अस्पताल परिसरमा भने ।

थापाले संसदमा लडाई गर्दागर्दै जित्न नसकेपछि लडाईको अर्को अध्याय आफुहरुबाट सुरु हुने समेत बताए।

‘सभापतिले सबैभन्दा ठूलो जीवन बचाउनु हो । जीवन बच्यो भने जतिपनि लड्न सकिन्छ । अहिले जीवन रक्षाका लागि अनशन छोड्नुहोस भन्नु भएको छ,’ देउवालाई उद्धित गर्दै थापाले भने।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले पेश गरेको विधेक गत सुक्रबार प्रतिनिधिसभाबाट पारित भएको थियो ।

झण्डै एक सातापछि अर्थात बिहीबार राष्ट्रियसभाले पनि त्यसलाई अनुमोदन गरेको छ। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयकले ऐनको रुप पाउने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?