प्रधानमन्त्री ओलीले गरे मेची पुलको उद्‌घाटन, भारततिर बाटो छैन

प्रधानमन्त्री ओलीले गरे मेची पुलको उद्‌घाटन, भारततिर बाटो छैन
+
-

भद्रपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सीमालाई जोड्ने झापाको भद्रपुरमा मेची नदीमा बनेको नयाँ पुल बिहीबार साँझ उद्‌घाटन गरे पनि भारतबाट सवारी साधन आउन सक्ने अवस्था न्यून छ।

केही हल्का सवारी साधन आउन सके पनि माल बाहक सवारी साधन भने अझै आउन सक्ने अवस्था छैन। नेपालतर्फ बाटो निर्माण भए पनि भारततर्फ अझै उक्त पुलसम्म आइपुग्ने सडक निर्माण भएको छैन।

तर भारत सरकारसंग कुरा गरेर उक्त सडक तत्काल निर्माण गर्न लगाउने प्रधानमन्त्री ओलीले बचन दिए। पुल उद्‌घाटन पश्चात प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘भारतका प्रधानमन्त्रीसंग छिमेकी मित्रको नाताले कुरा राख्ने हैसियत छ भने त्यो मसंग छ। तत्काल भारतीय प्रधानमन्त्रीसंग कुरा गरेर सडक निर्माण अगाडि बढ्छ। तपाईंहरु ढुक्क हुनुहोस्।’

निर्माण सकिएको करिब छ महिनापछि उक्त पुल उद्‌घाटन भएको हो। तीन पटकसम्म शिलान्यास भएको मेची पुलको अन्तिम पटक तत्कालिन उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६८ माघ २१ मा शिलान्यास गरेका थिए। शिलान्यासका बेला तीन वर्षभित्र पुल निर्माण हुने दावी गरिए पनि आठ वर्षमा पूरा भएको हो।

भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुल निर्माणका लागि करिब ३३ करोड रुपैयाँ लागत रहेको छ। पुलको लम्बाइ ५६० मिटर र चौढाइ ११ मिटर रहेको निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए।

मेची पुल निर्माण भएर उद्‌घाटन भएको दिन भद्रपुरबासीका लागि खुशीको दिन भएको लामो समयदेखि मेची पुल बन्नुपर्छ भनेर संघर्ष गरेका एक नम्बर प्रदेशका प्रदेश सभा सदस्य ओम सरावगीले बताए। उनले भने, ‘यही पुलका लागि धेरैले जेलसमेत भोग्यौं। तर यो पुल जोड्ने भारततर्फको बाटो बनाउने पहल प्रधानमन्त्रीले गरिदिनु हुनेछ भन्ने आशा छ।’

बिहीबार साँझ नै प्रधानमन्त्री ओलीले चन्द्रगढी विमानस्थलको रात्रीकालिन सेवाको समेत उद्‌घाटन गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?