११ किलो चरेशसहित तीन जना बिरगञ्‍जबाट पक्राउ

११ किलो चरेशसहित तीन जना बिरगञ्‍जबाट पक्राउ
+
-

वीरगञ्‍ज- प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले अबैध लागुऔषधसहित बिरगञ्‍ज महानगरपालिका वडा नम्बर ११, रानीघाटका ५५ बर्षीय रामबालक प्रसाद विन, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा बस्ने १८ वर्षीय इर्शाक ढुंगाना र बिरगञ्‍ज महानगरपालिका वडा न.१२, मुर्ली बस्ने ४५ वर्षीय शम्भुलाल मियाँलाई पक्राउ गरेको हो।

पक्राउ परेका रामबालकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको घरबाट आगनमा बासले छोपी लुकाई छिपाई राखिएको ११ किलो लागु औषध चरेशसहित पक्राउ गरेको हो।

ढुंगानालाई प्रहरी चौकी बसपार्र्कबाट खटिएको प्रहरी टोलीले बिरगञ्ज.वडा नं.१५, बाईपास चोकबाट रक्सौलबाट बीरगंजतर्फ पैदल हिडी आउदै गरेको अवस्थामा लागुऔषध नाईट्रोभेट ट्याब्लेट १ सय ५० पिससहित नियन्त्रणमा लिएको हो।

यस्तै लागुऔषधसहित पक्राउ परेका शम्भुलाल मियाँलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजबाट खटिएको प्रहरी टोलीले बिरगञ्ज महानगरपालिका वडा नम्बर १६, रजतजयन्ती चोकबाट नाइट्रोभेट ट्याब्लेट ३ सय ४५ पिस, डाइजेपाम ३ पिस, फेनारगन ३ पिस र नुर्फिन ३ पिससहित पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई लागु औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?