थोरङला पासमा लेक लागेर भरियाको मृत्यु

थोरङला पासमा लेक लागेर भरियाको मृत्यु
+
-

पोखरा-पर्यटक सँग थोरङला पास गएका भरिया अशोक राईको लेक लागेर ज्यान गएको छ ।

छिन्ताङ्ग गाँउपालिका ५ धनकुटाका ३५ वर्षीय राई एक साता अघि ४ जना कोरियन पर्यटक र तीन अन्य सहकर्मीका साथ अन्नपूर्ण सर्किटको थोरङला पास गएका थिए। ५ हजार ४ सय १६ मिटरको उचाइमा रहेको थोरङला पास संसारकै उच्च स्थानमा रहेको पास हो ।

विगत १० वर्ष देखि भरियाको रुपमा काम गर्दै आएका राईलाई लेक लागेको अवस्थामा याकखर्क भन्ने ठाउँमा स्थानीयले भेटका थिए । राईका सहकर्मीले उनको अवस्थाका बारेमा खबर नै नगरी  एक्लै  छोडेर  गएकाले उनको ज्यान गएको स्थानियले अनुमान गरेका छन् ।

सोमबार बेलुका ६ बजे तिर स्थानियले उनलाई देखेपछि उद्धार गरी होटलमा लगेका थिए । उनीहरुले राईको अवस्थाका बारेमा उनकी श्रीमतीलाई जानकारी गराएका थिए। राईकि श्रीमतीले ट्रेकिङ्ग एजेन्सि अफ एशोसियशन (टान) को पश्चिमाञ्चल कार्यालयमा जानकारी गराएकी थिइन्।

सोमबार अबेर घटनाको जानकारी पाएका टान महासचिव सुशिल राज पौडेल र सदस्य रामचन्द्र अधिकारी राईको उद्धारका लागि मंगलबार बिहान याकखर्क पुगेका थिए।

राईलाई हेलिकप्टरबाट पश्चिमाञ्चल हस्पिटल पोखरा ल्याइपुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको पौडेलले जानकारी दिए ।

राईकि श्रीमती सन्जु राईले उनको मृत्युको बिषयमा छानबिनको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराएकी छन्।

‘एक मजदुर सहकर्मी अस्वस्थ भएको अवस्थामा किन अन्य सहकर्मीले छाडे, यस बारेमा किन समयमै जानकारी गराइएन’ आफुहरुले पनि बुझ्ने टानका महासचिव पौडेलले बताए।

राईको शबलाई अस्पतालको शब गृहमा राखिएको छ।

पौडेलले पर्यटन मजदुरको विमा बापतको १० लाख रुपैयाँ परिवार उपलब्ध गराउने पहल गर्ने बताए ।

राईका ८ वर्षिय १ छोरा र श्रीमती रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?