अर्जुनधारा नगरपालिका कार्यालयमा खोला मजदुरद्वारा तोडफोड

अर्जुनधारा नगरपालिका कार्यालयमा खोला मजदुरद्वारा तोडफोड
+
-

विर्तामोड- खोलाबाट ढुंगा, गिटी तथा बालुवा निकाल्न नपाएको भन्दै आइतबार झापाको अर्जुनधारा नगरपालिका कार्यालयमा मजदुरहरुले ढुंगा मुडा गरि तोडफोड गरेका छन्। विगत चार दिनदेखि खोला बन्द गरिएको भन्दै उनीहरु आक्रोसित बनेका हुन्।

खोलाबाट सामग्री संकलनको ठेक्का पाएको एसयुएस कन्स्ट्रक्सनले निकासी ठप्प पारेपछि हजारौं मजदुरको बिचल्ली भएको भन्दै उनीहरुले दिनभर नगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन्। नगरले तोकेको स्थानबाट निकालिएको सामग्री ओसार पसारमा निर्माण कम्पनीले रोक लगाएको हो।

नगरपालिकाले सम्झौता बमोजिम सामग्री संकलनको लागि वातावरण बनाउन नसकेपछि निर्माण कम्पनीले बिहिबारदेखि खोलाजन्य सामग्री ओसार पसारमा रोक लगाएको छ। नगरपालिका र निर्माण कम्पनीबीच असोज १६ गते बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलाको २ लाख ४० हजार ६ सय घनमिटर सामग्री संकलन गरेर बिक्री गर्न पाउने शर्तमा २ करोड ६१ लाख १० हजार रुपैंयाँमा ठेक्का लागेको थियो।

शर्त बमोजिम उत्खननको वातावरण नगरपालिकाले बनाउन नसकेपछि खोलाजन्य सामग्री ढुवानीमा रोक लगाउने निर्णय गर्नुपरेको एसयुएस कन्ट्रक्सनका सञ्चालक उत्सब ढकालले बताए।

नगरपालिकाका ती खोलाबाट सामग्री निकासीका लागि १४ वटा नाका प्रयोग हुँदै आएको छ । ‘सबै नाकामा कर्मचारी परिचालन गरेका छौं, कम्पनीका सञ्चालक सुरेश आलेमगरले भने, ‘कर्मचारी साथीहरुले कुनैपनि सामग्री निकासी गर्न नदिन सर्कुलर गरेका छौं।’

लगानी सुरक्षाका लागि ठेकेदार संस्थाले कठोर आन्दोलको घोषणा गरेको बताएको छ। नगरपालिकाले माघ ७ गते निर्माण कम्पनीलाई खोला उत्खनन् गर्नका लागि सहमतिपत्र दिएको थियो। नगरपालिकाको अनुमतिपत्र पाएको निर्माण कम्पनीले खोला उत्खनन् शुरु गरेसँगै स्थानीयबासीले बिरोध शुरु गरेका थिए।
स्थानीयबासीको बिरोधका कारण निर्माण कम्पनीले उत्खनन गर्न रोकेको छ। सहमति बमोजिम खोलाजन्य सामग्री संकलन गर्न नपाएपछि निर्माण कमपनीले २४ घण्टाभित्र सामग्री संकलनको वाताबरण मिलाउन नगरलाई पत्र लेखेको थियो।

नगरपालिकाले उत्खननको बिषयमा पटक पटक गरेको छलफलबाट समेत सहमति हुन सकेको छैन। स्थानीयबासीले उत्खननका कारण पानीको सतह सुक्न थालेको भन्दै अर्जुनधारा १ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्। लामो समयदेखि वडा कार्यालयमा ताला लगाइएको भएपनि खोल्नका लागि नगरले सक्रियता नदेखाएको स्थानीयबासी युवराज आचार्यले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?