नौमती बाजा संरक्षण अभियानमा नौ युवा

नौमती बाजा संरक्षण अभियानमा नौ युवा
+
-

विर्तामोड- झापा बिर्तामोडका ९ जना युवा लोपोन्मुख नौमती बाजा संरक्षण अभियानमा लागेका छन्। बिर्तामोडमा ब्यवसाय गरेर बस्दै आएका युवाले नौमती बाजा संरक्षणको लागि अभियान शुरु गरेका हुन्।

बिशेषगरी छापाखाना ब्यवसायमा सक्रिय युवाले ‘एक्टिभ नाइन’ समूह निर्माण गरेका छन्। उनीहरु ‘परम्परागत बाजा, हामी सबैको साझा’ भन्ने नाराका साथ नौमती बाजा संरक्षणमा लागेका हुन्।

बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिन संरक्षण गर्न शुरु गरिएको समुहका अध्यक्ष गोविन्द निरौलाले बताए।

बाजा प्रयोगको दायरा बढ्दै गएको भए पनि बाजा बजाउनेको संख्या घट्दै गएकोप्रति निरौलाले चिन्ता ब्यक्त गरेका छन्। बाजाप्रतिको दृष्टिकोण, बैदेशिक रोजगारी, बाजाप्रतिको रुचीमा कमी, बाजाको अपर्याप्तता र दक्ष प्रशिक्षकको कमिका कारण नौमती बाजा लोपोन्मुख अवस्थामा पुगेको ठहर समूहले गरेको छ।

समूहले परम्परागत नौमती बाजाको संरक्षण गर्ने, बिभिन्न सभा समारोह तथा बिवाह लगायतका कार्यक्रममा सहभागिता जनाउने, बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, नौमती बाजालाई मनोरन्जनात्मक बाजाका रुपमा बिकास गर्ने, युवा पुस्तालाई नौमती बाजामा रुचीको विकास गर्ने, बाजा प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्य रहेको समूहका सचिव भानुभक्त खनालले जानकारी दिए।

निरौला र खनाल सहित सुरेश खतिवडा, अर्जुनबहादुर थापा, मिलन ढकाल, बिनोद दहाल, पुण्यप्रसाद खतिवडा, रोहितकुमार भट्टराई र झरेन्द्र खतिवडाले नौमती बाजा बजाउन शुरु गरेका हुन्।उनीहरु सबै झापाका युवा ब्यवसायी भनेर परिचित छन्। चलनचल्तीको मूल्यमा बाजा बजाउने निर्णय भएको समूहले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?