अब भिआइपीलाई सिंहदरबारमै ‘स्मार्ट एम्बुलेन्स’

अब भिआइपीलाई सिंहदरबारमै ‘स्मार्ट एम्बुलेन्स’
+
-

काठमाडौं–सरकारले सिंहदरबारमा भिआइपीका लागि स्मार्ट एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ। केही दिनभित्रैमा विशेष सुविधासहितको एम्बुलेन्स सिंहदरबार, ट्रमा सेन्टर र वीरअस्पतालमा राख्न लागिएको वीर अस्पतालले जनाएको छ।

वीर अस्पताल मातहत रहनेगरी सञ्चालनमा ल्याउन लागिएका यी एम्बुलेन्स यसअघि सञ्चालनमा रहेकाभन्दा विशेष सुविधासहितका हुने छन्।

एम्वुलेन्समै मुटुको चाल, इसिजी गर्ने, अक्सिजन दिन मिल्ने, रक्तचाप नाप्ने लगायतका ‘मिनि इमेरजेन्सी’ सुविधासहितको टिम रहने छन्। यसलाई ‘ए ग्रेड’को एम्बुलेन्स भनिन्छ। एम्बुलेन्स सञ्चालन निर्देशिका तयार भइसकेको र केही दिनमै सञ्चालनमा आउने वीरअस्पतालले जनाएको छ। स्वास्थ्य मन्त्रालयसँग मिलेर वीर अस्पतालले यसको समन्वय गरिरहेको छ।

यी एम्बुलेन्समा आवश्यकता अनुसारका चिकित्सक तथा औषधीको व्यवस्था पनि वीर अस्पतालले नै गर्ने भएको छ। एम्बुलेन्समा खबर गर्नासाथ फोनमा आएको जानकारी अनुसार त्यही अनुसारको चिकित्सक सहितको टोली जाने र बाटैमा रोग पत्ता लगाएर सम्बन्धित अस्पतालमा पुर्‍याउन सकिनेछ।

यसो गर्दा उपचारमा ढिला भएर बाटैमा ज्यान जाने समस्या हट्ने अस्पतालको विश्वास छ।सिंहदरबारमा ठूलो संख्यामा कर्मचारी हुने र भिआइपी रहने भएकाले एउटा एम्बुलेन्स स्ट्याण्डवाई राख्न लागिएको हो।

अन्य देशहरुमा भिआइपीका लागि स्मार्ट एम्बुलेन्ससहितको स्वास्थ्य सुविधा हुने भएपनि नेपालमा भने पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?