झापाका नेकपा नेता भन्छन्- पार्टी एकताको भावना अनुसार ‘जनयुद्ध दिवस’ मनाउँछाैं

झापाका नेकपा नेता भन्छन्- पार्टी एकताको भावना अनुसार ‘जनयुद्ध दिवस’ मनाउँछाैं
+
-

विर्तामोड- सत्तारुढ दल नेकपाको झापा जिल्ला कमिटिले आगामी फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेको छ। उक्त दिन ‘२३ औं महान जनयुद्ध दिवस’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरिने नेकपा झापाले निर्णय गरेको हो।

उक्त दिन पार्टीका प्रतिनिधिहरुलाई उपस्थितिका लागि नेकपा झापाले आग्रहसमेत गरेको छ। आगामी फागुन ९ गते दिवंगत तत्कालिन माओवादीका नेता गौरीशंकर खड्काको ८ औं स्मृति दिवस कार्यक्रममा उपस्थितिका लागि पार्टी सदस्यहरुलाई नेकपा झापाले आग्रह गरेको छ।

उक्त दिन नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड कार्यक्रममा उपस्थित हुने बताइएको छ। ‘जनयुद्ध’ का प्रथम सहिद दिलबहादुर रम्तेल सहादत प्राप्त भएको दिन फागुन १४ गते झापाका सबै स्थानीय तहमा सहिद तथा बेपत्ता परिवार, जनयुद्धका घाइतेहरुलाई भेटघाट कार्यक्रम आयोजना गर्न नेकपा झापाले स्थानीय कमिटिहरुलाई निर्देशन दिएको छ।

साथै झापा आन्दोलनका सहिदहरुको सम्झनामा फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा कार्यक्रम गर्ने पनि नेकपा झापाको निर्णय छ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका आ-आफ्ना सिद्धान्तमा रहे पनि पार्टी एक भइसकेपछि एकताको भावनालाई अगाडि सारेर कार्यक्रम गर्ने निर्णय भएको नेकपा झापाका नेता तथा तत्कालिन नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठकले बताए।

उनले भने, ‘विगतमा जे जस्तो भए पनि पार्टी एकताको भावनालाई सम्मान गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेका हौं।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?