सुर्खेत– वीरेन्द्रनगरको पीपल चौतारामा भएको सप्तरंग सांस्कृतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको छ। अज्ञात व्यक्तिहरुले स्टेज अगाडीबाट ढुङ्ग प्रहार गर्दा उक्त कार्यक्रममा अतिथीका रुपमा सहभागि कर्णाली प्रदेशका डीआईजी महेशविक्रम शाह घाइते भएका छन् ।
शनिबार बेलुका सञ्चालन भएको कार्यक्रममा भएकोा ढुंगा प्रहारबाट डीआईजी शाहको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । साँझ परेकाले ढुङ्गा कस्ले हानेको हो भन्नेबारेमा छुट्याउन नसकिएको डिएसपी प्रदिपबहादुर क्षेत्रीले बताए । उनले खोजी तीव्र पारिएको जानकारी दिए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसहित डिआईजी शाह ड्यासमा अथितीका रुपमा उपस्थित थिए । ढुङ्गा कसलाई लक्षित गरि प्रहार गरिएको हो भन्नेबारेमा खुलेको छैन् ।
‘सन्ध्याकालिन सांस्कृतिक कार्यक्रम आयोजना स्थलबाटै ढुङ्गा प्रहार भएको हो’ उनले भने,‘कसलाई लक्षित गरि हो भन्नेबारेमा अनुन्धान हुँदैछ । सांंस्कृतिक कार्यक्रममा ढुंगा प्रहार भएपछि सुरक्षा व्यवस्था मजबुत बनाएका छौं ।’
सांस्कृति कार्यक्रममा ढुङ्गा प्रहार भएपछि कडा सुरक्षा घेरा भित्र कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा गायक प्रमोद खरेल, सन्दीप क्षेत्री, रामकृष्ण ढकाल, पशुपति शर्मा, इन्दीरा जोशी, अन्जली अधिकारी लगायतका राष्ट्रियस्तरका कलाकारहरुले आ–आफ्नो प्रस्तुती राख्ने छन्। कार्यक्रम चलिरहेको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































