पूर्वका चार जिल्लाका खेलाडी पुरस्कृत, नवयुगले पाए मोटरसाइकल

पूर्वका चार जिल्लाका खेलाडी पुरस्कृत, नवयुगले पाए मोटरसाइकल
+
-

विर्तामोड – खेलकुद पत्रकार मञ्च झापाले पूर्वका चार जिल्लाबाट यसवर्ष चुनिएका उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गरेको छ। मञ्चले झापाको विर्तामोडमा शनिवार साँझ कार्यक्रम गर्दै यसबर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रकाश दनुवारलाई प्रदान गरेको छ। उनी एथ्लेटिक्सका खेलाडी हुन्।

युवा बर्ष खेलाडीमा एथ्लेटिक्सका प्रकाश दनुवार पुरस्कृत भएका छन्।

पिपुल्स च्वाइस अवार्ड अन्तर्गत झापा ११ फुटबल क्लबका डिफेन्डर देवेन्द्र तामाङ घोषित भए। उनको अनुपस्थितीमा झापा ११ फूटवल क्लवका अध्यक्ष जलकुमार गुरुङले अवार्ड लिएका थिए। क्रिकेटका प्रशिक्षक बिरु श्रेष्ठले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए। उत्कृष्ट ठहरिएका खेलाडी र प्रशिक्षक दनुवार, तामाङ र श्रेष्ठले जनही २५ हजार नगद तथा सम्मानपत्र पाएका थिए।

लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङवा सुब्बा पुरस्कृत भएका छन्।

लाईफटाइम अचिभ्मेन्ट अवार्ड तेजप्रताप पतङवा सुब्बाले पाए। उनी भलिवलका पूर्व खेलाडी तथा हालका प्रशिक्षक हुन्। २०४० सालदेखि भलिवल खेलमा लागेका सुब्बाले गोरखा दक्षिणबाहु समेत पाएका छन्। उनी ताप्लेजूङ खेलकूद विकास समितिका अध्यक्ष समेत हुन्। उनलाई ३५ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो।

महिला तर्फको उत्कृष्ट खेलाडीमा जुडो खेलकी देविका खड्काले स्कुटर प्राप्त गरेकी छिन्।

महिला तर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड देविका खड्काले जितिन्। उनी जुडो खेलका खेलाडी हुन्। खड्काले यामाहा कम्पनाको स्कुटर पाइन्। पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड नवयुग श्रेष्ठले पाए। उनी नेपाली फुटवल टीमका फरवार्ड हुन्। त्रिभूवन आर्मी क्लववाट फुटवल खेल्दै आएका श्रेष्ठ इलामका हुन्। उनले पनि यामाहा कम्पनीको मोटरसाइकल पाए।

उत्कृष्ट खेलाडीलाई दिइएको स्कुटर र मोटरसाइकल झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङले प्रदान गरेका छन्। नगद पुरस्कार अखिल नेपाल फुटवल संघका उपाध्यक्ष पङकज बिक्रम नेम्वाङले आफ्ना भाइ आशिष बिक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?