झापामा सक्कली र नक्कली पत्रकारको विवादले तालाबन्दी

झापामा सक्कली र नक्कली पत्रकारको विवादले तालाबन्दी
+
-

विर्तामोड- साधारण सभाको पूर्व सन्ध्यामा प्रेस चौतारी र आदिवासी जनजाति पत्रकार महासंघ फोनिज झापा शाखाका नेतृत्वले पत्रकार महासंघ झापा शाखाको कार्यालयमा तालाबन्दी गरेपछि महासंघको आउन लागेको जिल्ला साधारण सभा अनिश्चित बनेको छ।

मंगलबार साँझ झापाको विर्तामोडस्थित महासंघको जिल्ला कार्यालयमा चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल र फोनिज झापाका अध्यक्ष विशाल नेम्बाङले तालाबन्दी गरेका हुन्।

पत्रकार महासंघ जिल्ला समितिले ५३ जना सदस्यलाई सदस्यता नविकरणमा रोक लगाएर ‘डन्डा बर्साएको’ भन्दै चौतारी र फोनिजले आपत्ति जनाएका छन्।

तालाबन्दीपछि चौतारीका अध्यक्ष मुक्ति पौडेलले भने, ‘पत्रकार महासंघले ५३ जना महासंघका सदस्यलाई सक्रिय बनाउनुपर्ने हो। उनीहरुका बारेमा बृहत छलफल गर्नुपर्ने थियो। त्यसो नगरेकाले हामीले विरोध स्वरुप तालाबन्दी गरेका हौं।’

चौतारीले विचारका आधारमा पत्रकारहरुलाई नविकरण गर्नबाट रोक लगाएको आरोप लगाएको छ। फागुन ३ गते तय गरिएको साधारण सभा अगाडि तालाबन्दी भएपछि साधारण सभा अनिश्चित बनेको महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले बताए।

उनले भने, ‘यस्तो अवस्थामा कसरी साधारण सभा हुनसक्छ?’ उनले महासंघ शुद्धिकरणको अभियान अन्तर्गत विगत लामो समयदेखि निष्क्रिय रहेका पत्रकारहरुको नविकरणका लागि पत्रकारिता गर्दै गरेको आधार मागेको बताए। तर उनीहरुले त्यस्तो आधार पेश गरेका थिएनन्। महासंघले मंगलबार साँझसम्म २०७५ सालको नविकरणका लागि म्याद दिएको थियो।

 

चौतारी र फोनिजले विधान अनुसार चैत मसान्तसम्ममा नविकरण गर्दा हुने भन्दै साधारण सभा अगाडिनै नविकरणको म्याद सकिएको भन्दै आपत्ति जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?