राष्ट्रियसभामा प्रदेश ४ बाट १२ को उम्मेदवारी

राष्ट्रियसभामा प्रदेश ४ बाट १२ को उम्मेदवारी
+
-

पोखरा- राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारी मनोनयनका लागि प्रदेश नंं ४ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार महिला सदस्य तर्फ नेकपा एमालेका दिपा गुरुङ र शान्तिकुमारी अधिकारी जिसी, नेपाली काँग्रेसका वृन्दा देवी आले राना, राष्ट्रिय जनमोर्चाबाट मिना पुन छन्।

त्यसैगरी दलित सदस्य तर्फ नेकपा माओवादी केन्द्रका खिमकुमारी विक र नेपाली काँग्रेसका तर्फबाट जीतबहादुर नेपाली, अल्पसंख्यक वा अपांगताबाट नेपाली काँग्रेसका प्रकाश पन्थ, नेकपा एमालेका रामबहादुर थापाको उम्मेदवारी परेको छ।

त्यस्तै खुल्ला तर्फ नेकपा एमालेका गणेशप्रसाद तिमिल्सिना, नेकपा माओवादी केन्द्रका दिनानाथ शर्मा, नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले मनोनयन दर्ता गराएका छन्।

माघ ११ र १२ गते उम्मेदवार उपर दाबी विरोध १३ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

माघ १५ अन्तिम नामावली सहित उम्मेदवारलाई निर्वाचन चिन्ह दिने कार्यतालिका रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जानकारी दिएको छ।

राष्टिय सभा सदस्यका लागि माघ २४ गते विहान १० देखि ३ बजेसम्म पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको परिसरमा मतदान हुने क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। प्रदेश ४ मा ८५ स्थाीय तहका १७० जना प्रमुख/उपप्रमुख र ६० जना प्रदेश सभा सदस्य गरी २ सय ३० जना मतदाताले प्रदेश ४ बाट ८ जना राष्टिय सभा सदस्यहरु निर्वाचित गर्नेछन्।

उम्मेदवारी

 

सम्बन्धित समाचारहरु…

प्रदेश ३ मा १७ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ६ मा १२ जनाको उम्मेदवारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?