आहा रारा गोल्डकप: धरान फुटबल क्लब क्वाटरफाइनलमा

आहा रारा गोल्डकप: धरान फुटबल क्लब क्वाटरफाइनलमा
+
-

कास्की- धरान फुटबल क्लब तेस्रो पटक आहा राराको क्‍वाटर फाईनलमा पुगेको छ। आहा राराको १६ औं सस्करणको दोस्रो दिन बुधबार धरानले सिक्किम युनाईटेडमाथि ३—० को गोलले पराजित गर्दै तेस्रो पटक क्र्वाटर फाइनलमा प्रवेश गरेको हो।

गतवर्ष क्र्वाटरफाईनल खेलेको सिक्किम यसपालि भने इटहरी गोल्डकपकै कारण पोखरा प्रिक्र्वाटरमै उपस्थिति जनाउन आइपुगेको हो। खेलको पहिलो गोल ६२ औं मिनेटमा धरानको लागि रोमन लिम्बुले गरेका थिए ।

दोस्रो हाफमा सिमसिम परेको पानीले खेलाडीलाई भने बल चिप्लिएर नियन्त्रण गर्न कठिनाई भएको थियो। निशान राईको पासमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका धिरेन लिम्बुको उत्कृष्ट फष्टबार च्याप्दै ७५ औं मिनेटमा लिम्बुले हानेको हेडिङ ‘क्लियर फिनिसिङ’थियो ।

१३ औं सहभागिता जनाउन पोखरा आईपुगेको धरानले पहिलो हाफमा राम्रो अवसर पायो। तर डिफेन्सलाई तोड्न नसक्दा गोलको खडेरीमै पहिलो हाफ टुग्यायो। ३७ औं मिनेटमा निशान राईले हानेको बललाई सरोज राईले गोल लाईनबाट क्लियर गरेपछि सिक्किमे टोली पहिलो हाफमा गोलरहित बनाउन सफल रह्यो।

५८ औं मिनेटमा नवल सेवाले दिएको व्याक क्रसपासलाई मानस राईले बायाँखुट्टाले भली प्रहार गरे । तर बल गोललाईनमा सिक्किममा खेलाडीले धरानका गोलकिपरलाई फउल गरेपछि महत्वपूर्ण अवसर गुमाउन पुग्यो।

पेमा लुण्डुपले पहिलो हाफमा डिबक्स बाहिरबाट हानेको बललाई धरानका गोलकिपरले क्रसबारमाथि बल फाल्दै धरानको संकट टारेका थिए । बिहीबारको खेल सिएमजी संकटाले विभागीय टोली शसस्त्र प्रहरीबलसँग खेल्ने छ।

 

सम्बन्धित समाचारहरु…

आहा रारा गोल्डकप:उद्घाटन खेलमै बाहिरियो आयोजक ‘साहारा क्लब’

आहा ! रारा गोल्डकपको पुरस्कार राशि ७ लाख

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?