तेस्रो मुलुकबाट आयात गरिएका सामानका कन्टेनर अब सोझै नेपाल

तेस्रो मुलुकबाट आयात गरिएका सामानका कन्टेनर अब सोझै नेपाल
+
-

विर्तामोड– तेस्रो मुलुकका सामानका कन्टेनर कोलकाता हल्दिया बन्दरगाह हुँदै अब सिधै नेपालका विराटनगर र वीरगन्ज ल्याइने व्यवस्था मिलाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

सामान नेपाल ल्याइँदा कोलकाता बन्दरगाहमा विभिन्न कागजी झन्झट हुने गरेको तर अब ती झन्झटबाट मुक्ति मिलेको मन्त्रालयका सह सचिव रविशंकर सैंजुले बताए। शुक्रबार साँझबाट सुरु भएको उक्त प्रणालीबाट अब सिपिङ कम्पनीहरुले नेपालका लागि तेस्रो मुलुकबाट ल्याइएका सामानका कन्टेनर सिधै नेपालका सीमा नाका वीरगञ्ज र विराटनगर ल्याइदिनेछन् ।

इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टममा प्रत्येक कन्टेनरमा दुईवटा सिमकार्ड लाग्ने सरकारी अधिकारीहरु बताउँछन् । जस्को माध्यमबाट कन्टेनर कहाँ र कुन अवस्थामा छ भन्ने कुरा तत्काल थाहा पाउन सकिने उनीहरुको भनाइ छ ।

यस अघि कोलकाता बन्दरगाहमा कार्गो छुटाउँदा ८ प्रकारका कागजात पेस गर्नुपर्ने तर अब अनलाइन माध्यमबाट सामान छुटाउने व्यवस्था भएकाले कुनै पनि कागजात पेश गर्नुपर्ने झन्झट नहुने बताइएको छ। जसबाट सामानको मूल्य घट्ने र उपभोक्तालाई फाइदा पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सैंजुले बताए।

कागजी प्रक्रियालगायतका झन्झटबाट मुक्ति पाउने विषय स्वागतयोग्य भएको कार्गो व्यवसायीहरुको संगठन नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनका पूर्व अध्यक्ष राजन शर्मा बताउँछन् ।
हाललाई उक्त प्रणाली रेलबाट सामान ढुवानीमा लागु गरिएको हो। तेस्रो देशबाट नेपाल ल्याइने सामानको मात्रामा रेलबाट आउने सामानको हिस्सा करिब पचास प्रतिशत रहेको बताइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?