राज्य ढुकुटीमा ७ अर्वको अर्को बोझ

राज्य ढुकुटीमा ७ अर्वको अर्को बोझ
+
-

काठमाडौं – सत्तामा केही साता रहने शेरबहादुर देउवा सरकारले बुधबार लिएको अर्को ‘पपुलिष्ट’ निर्णयले राज्य ढुकुटीमा प्रतिवर्ष थप ७ अर्व रुपैयाँको बोझ थपेको छ।

नयाँ निर्णय अनुसार वृद्धभत्ता योजनाले अव उपरान्त ६५ वर्ष र त्यसमाथीका सबैलाई समेट्ने निर्णय गरेपछि राज्य ढुकुटीमा अतिरिक्त भार थपिने भएको हो।

७० वर्ष र त्यसमाथीकाले पाउँदै आएको भत्ताका कारण ३१ अर्व रुपैयाँ वर्षेनी लाग्दै आएकोमा सरकारले वृद्धवृद्धाहरुको संख्या बढाएपछि थप ७ अर्व थपिने राष्ट्रिय योजना आयोग श्रोतले देशसञ्चारलाई बतायो।

पछिल्लो जनगणनाको तथ्याङ्क अनुसार कुल २ करोड ८० लाख जनसंख्याको ५ दशमलब ९४ प्रतिशत व्यक्ति सरकारको वृद्धभत्ता नीतिबाट लाभान्वित हुने छन्। र, प्रतिमहिना २ हजार रुपैयाँका दरले राज्य ढुकुटीबाट ३८ अर्व रुपैयाँ प्रति वर्ष खर्च हुने श्रोतले बतायो।

मन्त्रीपरिषद श्रोतका अनुसार पहिले देखिनै दलित, अपांगता भएका र अन्य केही श्रेणीका व्यक्तिहरुले ६५ वर्षकै उमेरदेखिनै वृद्धभत्ता पाइआएकाले समानताको सिद्धान्तका आधारमा अरु सबै जात र श्रेणीलाई पनि त्यो सुविधा प्रदान गर्ने निर्णय गरिएको हो।

 

सम्बन्धित समाचारहरु…

‘साढे ५ खर्वको बोझले वित्तीय अराजकता’

मन्त्रिपरिषद् बैठकको निर्णय: अब ६५ वर्षमै वृद्धभत्ता

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?