इराक तथा खाडी मुलुक लैजान लागिएका १ सय ७९ नेपालीको उद्धार

भारतको मणिपुरबाट उद्धार गरिएकाहरु काँकरभिट्टामा, बसमा राखेर काठमाडौं पठाइयो

भारतको मणिपुरबाट उद्धार गरिएकाहरु काँकरभिट्टामा, बसमा राखेर काठमाडौं पठाइयो
+
-

काँकरभिट्टा-भारतको मणिपुर राज्यबाट उद्दार गरिएका नेपाली महिला तथा पुरुष मंगलबार बिहान नेपाल आइपुगेका छन्।

१ सय ७९ जनाको समूहलाई माइतीका अध्यक्ष विश्‍वराज खड्का, भारतीय तथा नेपाली सरकारी अधिकारी सम्मिलित टोलीले नेपाल ल्याएको हो।

मंगलबार बिहान भारतीय बसमा ल्याएर काँकरभिट्टाबाट नेपालका बसमा राखेर काठमाडौं पठाइएको हो।


उद्धार गरिएकाहरु महिला पुरुषलाई लिएर काठमाडौं लैजान तैनाथ बस र सुरक्षाकर्मी। तस्बिर-उमाकान्त खनाल/देश सञ्‍चार

भारतका विमानस्थल हुँदै अन्य मुलुकसम्म कामदार पुग्न सुरक्षा जाँचका कारण गाह्रो हुने भएकाले उनीहरुले नयाँ मार्ग प्रयोग गर्दै इराक तथा खाडी मुलुक जान लागेको अवस्थामा भारतको पूर्वोत्तर राज्य मणिपुरबाट उद्धार गरिएको माइती नेपालले जनाएको छ।

माइती नेपालका अध्यक्ष विश्वराज खड्काका अनुसार उनीहरुलाई मणिपुर प्रहरीले राजधानी इम्फालका विभिन्न होटलहरुबाट उद्धार गरेको हो। खड्काले भने, ‘गैर सरकारी संस्था, नेपाल सरकार तथा भारतीय सुरक्षाकर्मीको अथक प्रयासले उनीहरुलाई उद्दार गर्न सहज भएको हो।’

उद्दारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ।

उनीहरुलाई ६ वटा बसमा राखेर मङ्गलबार काठमाडौँस्थित माइती नेपालको पुनःस्थापना गृहमा पठाइएको छ। माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले उद्धार गरिएकामध्ये कतिपय बिरामी भएका कारण बाटैमा उपचार गर्नु परेकाले नेपाल ल्याउन केही ढिलाइ भएको बताए।

गत केही महिनादेखि मानव तस्करीका लागि उक्त नयाँ मार्गमा प्रयोगमा आएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए।

उनले भने, ‘सन् २०१८ को नोभेम्बर महिनादेखि उक्त नयाँ रुट प्रयोगमा आएको देखिन्छ। त्यहाँबाट अहिलेसम्म करिब तीन सय नेपाली विभिन्न खाडी मुलुक गएको भन्ने भारतीय अधिकारीहरुले जानकारी दिए।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?