मन्त्री विष्टसहितको टोलीद्वारा प्रस्तावित जग्गाको अवलोकन

दक्ष जनशक्ति उत्पादन गर्न सरकारले सीप विकास प्रतिष्ठान बनाउने

दक्ष जनशक्ति उत्पादन गर्न सरकारले सीप विकास प्रतिष्ठान बनाउने
+
-

बुटवल–दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास केन्द्र स्थापना गरिने भएको छ।

सैनामैना नगरपालिकाको वडा नम्बर ७ लम्टैयामा रहेको जग्गामा यस्तो केन्द्र बनाउन प्रस्ताव गरिएको थियो।

सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारी छ।

प्रस्तावित जग्गाको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टसहितको टोलीले निरिक्षणसमेत गरेको छ । प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भने यसअघि नै भइसकेको थियो।

मंगलबार मन्त्रीसहितको टोलीले विशेष अवलोकन गरेपछि सैनामैनामा केन्द्र बन्ने लगभग पक्का भएको छ।गरिबी न्यूनिकरण गर्न ठोस योगदान पुर्‍याउँदै विदेशी कामदारलाई प्रतिस्थापन गरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने र बेरोजगारी समस्यालाई समाधान गर्ने सरकारको लक्ष्य छ।

हाल नेपालमा करिब पाँच लाख जति विदेशी कामदारहरु रहेको अनुमान छ। जसलाई विस्थापित गरेर देशभित्रकै जनशक्तिलाई परिचालन गर्ने उदेश्य सरकारले लिएको छ।

नारायणी पश्चिमका सबै क्षेत्रलाई समेट्ने गरि सैनामैनामा यो केन्द्र बन्ने छ भने त्यसका अतिरिक्त पूर्वको इटहरीमा र अर्को केन्द्र संघीय राजधानी काठमाण्डौंमा बन्ने भएका छन्।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने सरकारको लक्ष्य हो’–मन्त्री विष्टले भने।
सैनामैना नगरपालिकाले उपलब्ध गराएको ४० विघाहा क्षेत्रफलमा निर्माण हुने प्रतिष्ठानको मंगलबार अवलोकन गर्दै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री विष्टले जग्गा उपयुक्त रहेको बताए।

उनले सीपयुक्त दक्ष जनशक्ति निर्माण गरेर उत्पादनमा लगाउने र सोही ठाउँमा थप प्रशिक्षक निर्माण गरेर प्रशिक्षणलाई विस्तार गर्ने गरि केन्द्रको अध्यय्न भइरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?