गणडक नहर अन्तर्गतका पुल-पुलेसा जीर्ण

गणडक नहर अन्तर्गतका पुल-पुलेसा जीर्ण
+
-

वीरगञ्ज– गण्डक नहर अन्तर्गत बारा, पर्सा र रौतहट जिल्लामा पर्ने पुल पुलेसाहरु जीर्ण अवस्थामा पुगेकाले सवारीसाधनहरु दुर्घटना हुने सम्भावना बढदै गएको छ।

पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा रहेका दर्जनौ पुलहरुबाट दिनहुँ सवारी साधनहरु ओहोरदोहार गर्ने हुँदा पुल जीर्ण अवस्थामा पुगेका छन्। अहिले पुलहरु जिर्ण अवस्थामा भएका कारण सवारी साधनको दुर्घटनाको बढ्दै गएको छ।

आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियम विपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको बारा , पर्सा र रौतहट जिल्लाका दर्जनौँ पुल क्षतिग्रस्त भएका छन्।

पूर्वपश्चिम गण्डक नहरमा सिचाईं प्रणालीको मर्मतसम्भारका लागि सवारीसाधन आवत–जावत गर्न निर्माण गरिएका ती पुलहरुबाट अहिले दैनिक सयौँ सवारी साधनहरु आहोर दोहोर गर्दै आएका छन।

ठूला मालबाहक ट्रक, बस र ट्याक्टरजस्ता सवारीसाधन सञ्चालन भइरहेकाले पुलको सतह र रेलिङ भत्किएर पुलहरु जीर्ण अवस्थामा पुगेको नारायणी सिँचाई व्यावस्थापन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्र साहले बताए।

गण्डक नहरमा रहेको जीर्ण पुलहरुबाट अहिले पर्साको ग्रामीण क्षेत्र ठोरीदेखि जगरनाथपुर गाउँपालीका, पटेर्वा सुगौली गाउँपालिका लगायतका ठाउँहरुबाट दैनिक सदरमुकाम वीरगञ्ज आवतजावत गर्ने यात्रुवाहक बसहरु सोही गण्डक नहरमा रहेको पुलबाट आवत जावत गर्ने गरेका कारण कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना रहेको छ।

मुलुक संघीयता गएपछि सिँचाई कार्यालय तथा गण्डक नहर संघीय सरकारको मातहतमा गएको भएपनि सरकारले समयमै आवश्यक बजेट नछुटयाउनु तथा गण्डक नहरमा रहेका पुल पुलेसाहरुको मर्मत सम्भार नगरिएकाले पनि जुनसुकै बेला नहरमा रहेका पुलहरु भत्किने सम्भावना रहेको डिभिजन कार्यालयका प्रमुख साहले बताए।

जीर्ण अवस्थामा पुगेका गण्डक नहरको पुलमा ठूलो गाडी नचलाउन बोर्ड झुण्डयाइएको तथा स्थानीय रेडियोबाट समेत प्रचार प्रसार गरिएको भए पनि अहिलेसम्म पनि नहरका पुलबाट गाडी चलाउन नछाडिएको प्रमुख साहले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?