
वीरगञ्ज-नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले काग्रेस कुनै एउटा वंशको पार्टी नभइ सम्पूर्ण जनताको पार्टी भएको बताएका छन्।
काँग्रेस पर्साले ६९ औ प्रजातन्त्र दिवसको अवसरमा बुधबार बिरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका छन्।
गएको फाल्गुन ४ गते बिरगञ्जमा जीपी कोइराला फाउण्डेसनको उदघाटन कार्यक्रममा डा शेखर कोईरालले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै देउवाले नेपाली काँग्रेसमा डा.शेखर कोईरालाको कुने योगदान नरहेको बताएका थिए।
काँग्रेस पार्टीमा गणेशमान सिँह,कृष्ण प्रसाद भटराई लगायतका नेताहरुको धेरै ठुलो योग्दान रहेको बताउदै मनोमानी तरिकाले नबोल्न चेतावनीसमेत दिएका थिए।जिपी फाउण्डेसन उदघाटन कार्यक्रममा डा शेखर कोईरालाले देउवाकै कारण पार्टी कमजोर हुन गएको बताउदै नेतृत्व परिबर्तन गर्न माग गरेका थिए।
‘नेपाली कांग्रेस सम्पुर्ण जनताको पाटी हो, देउवाल भने, कोइरालाबाहेकको व्यक्ति सभापति भएपछि कोइराला परिवार जथाभावी बोल्दै हिडेको छ ।’ शेखर कोईराला कहिले जेल गए, के योगदान छ पार्टीमा’ देउवाले भने, कोइराला भन्ने बित्तिकै हुन्छ ?’।
उनले आफ्नो ओठको खत देखाउँदै मण्डलेले हाम्रो टाउको फुट्दा, जेल जाँदा शेखर कोइराला कहाँ थिए ?’भनेर प्रशनसमेत गरेका थिए।फरक प्रसँगमा बोल्दै सभापति देउवाले देशमा कम्युनिष्ट अधिनायकबादहरुले सबै कुरामा हस्तक्षेप गर्न शुरु गरेको जिकिर गरे।
उनले बर्तमान २ तिहाइको कम्युनिष्ट सरकारले काम नगरि जनतालाई आशवासन मात्र बाडेको आरोप लगाए।