‘बिलासी जीवन शैलीले राजनीति हुँदैन’

‘बिलासी जीवन शैलीले राजनीति हुँदैन’
+
-

विर्तामोड- राजनीतिक दलका नेतामा बिलासी जीवनको मोह बढेको भन्ने गुनासा आइरहँदा तत्कालिन नेकपा माओवादीका नेता गौरीशंकर खड्काको आठौं स्मृति दिवसमा उपस्थित नेकपाका नेता तथा कार्यकर्ताले कम्युनिष्टका लागि बिलासी जीवन घातक सिद्ध हुने बताएका छन्।

बिहीबार गौरीशंकर स्मृति प्रतिष्ठानले झापाको विर्तामोड आयोजना गरेको राजनीतिक प्रवचन कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताले बिलासी जीवन शैलीले बामपन्थी नेताहरुमा दम्भ सिर्जना गरेको बताए।

झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद तथा नेकपाका केन्द्रीय सदस्य राम कार्कीले नेपालका कम्युनिष्ट नेतामा दम्भ पलाएका कारण जनताले चाहे अनुरुपको परिवर्तन दिलाउन नसकिएको बताए। उनले भने, ‘जब कम्युनिष्टमा बिलासी जीवनको मोह जाग्छ उसको कम्युनिष्ट राजनीति पनि समाप्त भएर जान्छ।’

विभिन्न देशहरुका उदाहरण दिँदै गौरीशंकर खड्का नेपालका लागि एक अथक कम्युनिष्ट यौद्धा भएको कार्कीले बताए।

तस्वीरः गौरीशंकर खड्काको आठौं स्मृति दिवसमा उपस्थित नेकपाका नेताहरु।

खड्काको जीवनीका बारेमा चर्चा गर्दै नेकपाका मजदुर नेता भूपाल सापकोटाले खड्का सम्पन्न परिवारका सदस्य भए पनि उनले कहिले पनि बिलासी जीवनको परिकल्पना नगरेको स्मरण गरे।

सापकोटाले भने, ‘मैले जति उहाँसंग संगत गरें कहिले पनि थाह पाइन उहाँ आर्थिक रुपले सम्पन्न हुनुहुन्थ्यो भनेर। मैले करिब चार बर्ष त उहाँले भाँचिएको काँइयोले कपाल कोरेको देखें।’

उनले अहिलेका नेताले खड्काको जीवन शैलीलाई आदर्शका रुपमा मान्नुपर्ने बताए।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यासी बनेकी तत्कालिन नेकपा एमालेका नेता तथा हाल कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले दिवंगत खड्का विगतमा आफ्नो प्रतिष्पर्धी जस्तो नलागेको अनुभव सुनाइन्।

उनले भनिन्, ‘उहाँले विपक्षीलाई पनि कहिले गाली गर्नु भएन। आफ्ना तर्क मात्र राखेर जनताको मन जित्नुभयो।’ खड्का त्यो बेला झापा क्षेत्र नं २ बाट संविधान सभा सदस्यमा निवार्चित भएका थिए।

नेकपाका प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले खड्का एक सच्चा बामपन्थी नेताको रुपमा जनतामा भिजेको बताए। उनले भने, ‘जस्को योगदानका कारण देशमा आज परिवर्तन आएको छ।’

तत्कालिन नेकपा माओवादीका नेता खड्काको ठिक आठ बर्ष अघि आजकै दिन बोन म्यारोको क्यान्सरका कारण निधन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?