संकटालाई संकट, एपीएफ एक गोलले विजयी

संकटालाई संकट, एपीएफ एक गोलले विजयी
+
-

पोखरा- पोखरामा जारी आहा रारा गोल्डकपमा एपीएफ क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

आदित्य चौधरीको एक मात्र गोलको मद्दतले सशस्त्र प्रहरी बल एपीएफ क्वार्टरमा प्रवेश गर्न सफल भयो।

तेश्रो प्रिक्वार्टर फाइनलमा चौधरीले खेलको २८ औं मिनेटमा फ्री किकको एपीएफलाई सो सफलता मिलेको हो।

संकटाका विदेशी खेलाडी कोओरा लार्वा फ्लोरेन्ट कोनेले एपिएफका खेलाडी रञ्जन विष्टलाई लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेलो कार्ड देखाउँदै एपिएफका लागि फ्री किकको अवसर प्रदान गरेका थिए।

चौधरीले १८ यार्ड परबाट गरेको प्रहार गरेको बल क्रस बारमा लागि पोष्ट भित्र गोल भएको हो।

चौथो पटक आहा रारा गोल्डकपमा सहभागी सिएमजी संकटाले यस अघि उपविजेतासम्मको यात्रा तय गरेको थियो । एपिएफको यो ११ औ सहभागिता हो।

चौधरीले खेलको म्यान अफ द म्याचको उपाधी प्राप्त गरे । खेलको पहिलो हाफमा संकटाले गोल गर्ने झण्डै आधा दर्जन अवसर गुमायो। तर फिनिसिङमा कम्जोरी हुँदा संकटा पहिलो खेलबाटै बाहिरिन पुगेको थियो ।

खेलको ७३ औं मिनेटमा संकटाका सरोज दाहालले पोष्ट नजिक पाएको बल हेड मार्फत गोल गर्न खोजे पनि उनको प्रयास सफल हुन सकेन । लगत्तै संकटाकै प्रकाश बुढाथोकीले मिलाइदिएको पास बलमा रुपेस केसीले हानेको प्रहारमा पनि बलले पोष्टको दिशा लिन सकेन ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले पाएको अवसर सदुपयोग हुन नसक्दा र फिनिसिङ राम्रो नहुँदा हार व्यहोर्नु परेको बताए।

यसैगरी एपिएफका प्रशिक्षक रत्न काजी महर्जनले इटहरीमा खेल खेलेर आएका कारण थकानले गर्दा सोचे जस्तो खेल आफ्ना खेलाडीले प्रदर्शन गर्न नसकेको बताए । शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ विच खेल हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?