राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रामा ३ सय सवारी साधन प्रयोग हुने

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रामा ३ सय सवारी साधन प्रयोग हुने
+
-

विर्तामोड- फागुन १५ गतेदेखि ताप्लेजुङबाट सुरु हुने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा ३ सय भन्दा बढी सवारी साधन र पाँच सय भन्दा बढी यात्रु हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले बताएका छन्।

सोमबार झापाको विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरेर लिङदेनले ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पूजा अर्चना गरेर यात्राको थालनी गरिने बताए।

हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ पुगेर समापन हुने महामन्त्री लिङदेनले जानकारी दिए।

ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुई हजार आठ सय ७ किलोमिटर दूरी तय गर्ने बताइएको छ।

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दाबढी सभा हुने र सभालाई अध्यक्ष कमल थापाले सम्बोधन लिङदेनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?