हिन्दु राष्ट्र तथा राजसंस्था पुनर्स्थापना गराउन राष्ट्रिय स्वाभिमान अभियान: कमल थापा

हिन्दु राष्ट्र तथा राजसंस्था पुनर्स्थापना गराउन राष्ट्रिय स्वाभिमान अभियान: कमल थापा
+
-

विर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको मेची महाकाली स्वाभिमान राष्ट्रिय अभियान झापाबाट पश्चिम लागेको छ।  ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पूजा गरि शुरु भएको अभियान बिहीबार झापा आइपुगेको हो।

झापा आइपुग्दा विभिन्न जातिका झाँकीले अभियानमा सहभागी राप्रपाका नेता तथा कार्यकर्तालाई स्वागत गरिएको थियो। यात्रालाई स्वागत गर्न राप्रपाले झापाको विर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले भगवानको गीत गाउँदै देश दौडाहमा हिँडेको बताए।

थापाले भने, ‘हामी देश र भगवानको गीत गाउँदै हिँडेका छौं।’ उनले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएकोमा गहिरो दुःख व्यक्त गरे।

राप्रपाको अभियान कुनै पार्टी विरुद्ध नभएको उनले बताए। उनले भने, ‘यो देशमा सुशासन कायम गराउनका लागि आयोजना गरिएको अभियान हो।’
नेपालको पहिचान हिन्दु राष्ट्र तथा राज संस्थालाई पाखा लगाएकाले ती पहिचानलाई पुनर्स्थापना गराउनका लागि अभियान चलाइएको थापाको भनाइ थियो।

‘अहिलेको सरकारले जनताको चाहना अनुरुप काम गर्न सकेको छैन,’ उनले भने, ‘सरकारले सामान्य रोजगारीको अवस्था पनि सिर्जना गर्न सकेन।’
देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको थापाले बताए।

उनले भने, ‘वाइड बडी, सुन तथा एनसेल जस्ता काण्डमा किन कार्वाही हुँदैन?’ प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै राप्रपा अध्यक्ष थापाले भने, ‘तपाईंको राष्ट्रबाद किन लाचार भयो? देश टुक्र्याउने कुरा हुँदा तपाईं किन चुप?’

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले २०४६ सालपछिका राजनीतिक दलका नेताका सम्पत्ति छानविन हुनुपर्ने माग राखे।
उनले भने, ‘साना कर्मचारीलाई मात्र कारवाही गरे जस्तो गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन।’

जातको आधारमा आरक्षणको विरोध गर्दै उनले गरिबीको रेखामुनीका सबै जनताले आरक्षण पाउनुपर्ने लिङदेनले बताए।

उनले भने, ‘अहिलेको आरक्षणले गरिब जनताको हित हुँदैन।’लिङदेनले देश भूगोलले मात्र नबन्ने भन्दै हिन्दु राष्ट्र र राजतन्त्रले नेपालको पहिचान दिने बताए।
पार्टीका वरिष्ठ नेता दिपक बोहोराले राप्रपाले उठाएका माग सबै नेपालीको माग रहेको दाबी गरे।

कार्यक्रममा नेताहरु टंक ढकाल, राजिव पराजुली तथा बुद्धिमान तामाङले बोलेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?