त्रिभुवन आर्मी झापा गोल्डकपको सेमी फाइनलमा

त्रिभुवन आर्मी झापा गोल्डकपको सेमी फाइनलमा
+
-

विर्तामोड-विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।

सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्‍न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो। पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको अन्त्यतिर आर्मीले २ गोल गर्न सफल भयो।खेलको ८२औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए। आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टिमको जीत सुनिश्चित गरेका थिए।

पहिलो हाफमा टेकबहादुर बुढाथोकीले प्रहार गरेको बल दोस्रो पोस्टबाट फर्किएपछि टंक बस्नेतले गोल गरेका थिए। त्यस्तै, सन्तोष तामाङको गोल सिधै फ्रिकिकबाट भएको थियो भने नवयुगले चाहिँ गोलकिपर विकेश कुथूले रिलिज गरेको बलबाट गोल गरेका थिए।

खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे।

बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ।

यसअघि झापा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने एपीएफ, मोरङ ११ र हङकङ नेप्लिज एकाडेमीले पराजय व्यहोर्दै घर फर्किसकेको छ। गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?