डा. गोविन्द केसीको अरोप

‘ओलीजीले नै भ्रष्टाचारलाई प्रश्रय दिएका छन्, अब उनीविरुद्ध हुन्छ लडाँइँ’

+
-

काठमाडौँ— चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि सात वर्षदेखि संघर्षरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्माले नै भ्रष्टाचारमा शून्य सहनशीलता भनेर भाषण गर्ने तर उनले नै भ्रष्टाचारमा आफ्ना कार्यकर्तालाई प्रश्रय दिने गरेको आरोप लगाएका छन्।

सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै सचेत गराउन बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री ओलीले एउटा बोल्ने अर्कौ काम गर्ने गरेको आरोप लगाए।

उनले भने, ‘ओलीजीले नै भ्रष्टाचारलाई प्रश्रय दिएका छन्, अब उनीविरुद्ध हुन्छ लडाँई।’

आफूसँग भएको सम्झौता विपरीत सरकारले ल्याएको चिकित्सा शिक्षा ऐन ‘माफिया मुखी’ ऐन भएको बताएका उनले त्यो कार्यान्वयन हुन नदिने चेतावनी दिए।

यस्तै डा. केससीले ओली नेतृत्वको सरकारले हत्या, हिंसा र बलात्कारलाई झनै संरक्षण गरेको आरोप लगाए।

उनले ओली नेतृत्वको सरकारले न्यायिक जाँचबुझ आयोगले दोषी ठहराएकाहरु खुलेआम हिड्न दिएको, निर्मला पन्तको हत्यारालाई कारवाही नगरेको आरोप लगाएका छन्।

एमबीबीएस र बिडिएसमा ठगी गर्नेहरुलाई कारवाही गर्नुपर्ने र गण्डकी मेडिकल कलेज लगायतबाट पीडितलाई क्षतिपूर्ति दिलाउन उनले माग गरेका छन्।

उनले फेरि संक्रमणकालीन न्यायबारे पनि बोलेका छन्। उनले भने, ‘सत्यनिरुपण र बेपत्ता छानविन आयोगबाट संक्रमणकालीन न्याय दिलाइएन भने त्यसका लागि अन्तर्राष्ट्रिय ढोका ढक्ढक्याउनुको विकल्प हुने छैन।’

संसदमा दर्ता भएका शान्ति सुरक्षा र सामाजिक सञ्जाल विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको उनको भनाइ छ।

सरकारले यी सबै विषयमा संवेदनशीलता नअपनाएमा आफू जुनसुकै बेला अनशनमा उत्रिने डा. केसीले चेतावनी दिए।

 

यो पनि पढ्नुहोस्

डा. केसीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ

डा. केसीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष