दुर्घटना न्यूनीकरण महाअभियानः ट्राफिक प्रहरीले ३५ लाख रुपैयाँ बराबरको सामान पाउँदै

दुर्घटना न्यूनीकरण महाअभियानः ट्राफिक प्रहरीले ३५ लाख रुपैयाँ बराबरको सामान पाउँदै
+
-

बिर्तामोड – सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रमको शुरुवात फागुन ३० गते बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्ने भएका छन्।

महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडबाट हुने मंगलबार विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभात फेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियानको शुभाराम्भ गरिने महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईका अनुसार प्रभात फेरी विर्तामोडको मुक्तिचोक पूर्व हनुमान सेन्ट्रलबाट शुरु भइ शनिश्चरे रोड, कृषिथोक, इलाम स्टेण्ड हुँदै हनुमान सेन्ट्रलमा नै पुग्नेछ। प्रभात फेरीमा सयौँ संघसंस्था सहभागी हुनेछन्।

कार्यक्रममा ३५ लाखभन्दा बढीका सामग्री हस्तान्तरण गरिँदैछ। जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक प्रदान गरिने संयोजक गिरीले बताए।

त्यस्तै, अनारमनी ३ मा रहेको ८ कठ्ठा जमिनमा जिल्ला ट्राफिक प्रहरीको ३ तले भवन निर्माण हुने भएको छ। उक्त भवनको सोही कार्यक्रममा डिजिटल प्रविधिबाट शिलान्यास गरिने भएको छ।

प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?