सामुहिक बिष खाएकी एक युवतीको मृत्यु, दुई जना घाइते

सामुहिक बिष खाएकी एक युवतीको मृत्यु, दुई जना घाइते
+
-

वीरगञ्ज– सामुहिक रुपमा बिष खाएका तीन जना मध्ये एक जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन्। पर्साको जिराभवानी गाउँपालिका ४ सढी टोलका राजु थारुकी १७ बर्षीय छोरी सँगिता चौधरीको ज्यान गएको हो ।

सँगै विष खाएका अर्की १३ बर्षीय युवती र सोही गाउपालिका २ सेढवाका सञ्जय दास थारु घाईते भएका छन्।उनीहरुलाई उपचारको लागि भारत बिहार इनर्वामा क्लिनिकमा भर्ना गरिएको थियो।

संगीताको पनि यही क्लिनिकमा उपचारका क्रममा ज्यान गएको हो।

यसरी भएको थियो घटना

आइतबार राति ५ जना युवकहरु मेटरसाइकल लिएर २ जना युवतीहरुलाई भगाउनको लागि सढी टोलमा आएका थिए। टोलमा आएका उनीहरुले मोटरसाइकलमा राखेर युवती भगाउन खोज्दा स्थानीयबासीहरुले ४ जना युवकलाई समातेर इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको जिम्मा लगाएका थिए।

तर, मोटरसाइकलमै आएका युवक सञ्जयले भने संगीतासहित अर्की युवतीलाई भगाएर गाउँबाट भारततर्फ लगेका थिए। उनीहरु सोमबार राति नै अबेर भारतबाट गाउँमा फर्किएपछि युवकको घरमा बसेका थिए। सोमबार बिहान गाउँमै पञ्चायत गर्नेक्रममा ती युवक र युवतीले बान्ता गर्न थालेपछि उनीहरुले बिष खाएको हुनसक्ने आशंका गरिएको थियो।

लगतै भारतको बिहार इनर्वामा डा.अनिल कुमारको क्लिनिकमा उपचारको लागि लगिएकोमा एक युवतीलाई डाक्टरले मृत घोषणा गरेका थिए। मृतक युवतीको शवलाई पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा राखिएको छ। घटनाको थप खनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?