
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा किटनाशक औषधि, जैबिक मल तथा बिषादी उत्पादन गर्ने एक कारखानामा प्रशासनले शिलबन्दी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले किसान एग्रो केमिकल्स प्रालिमा मंगलबार छापा मारेर शिलबन्दी गरेको हो।
दर्ता बिना नै सञ्चालनमा रहेको उक्त उधोगले बालीनाली तथा खेतमा छर्ने बिषादी, जैबिक मल, किटनाशक औषधि उत्पादन गरी म्याद गुज्रेका औषधिहरुमा म्याद रहेको स्टिकर लगाएर बजारमा बिक्री बितरण गरेको पाइएपछि प्रशासनले उधोगमा शिलबन्दी गरेको हो।
उद्योगी श्याम तुल्स्यानले वीरगञ्ज २४ रामगढवामा संचालित एउटै उधोगबाट रामगढवा र छपकैयामा गरि २ ठाउँमा उधोग सञ्चालन गरी राजश्व छलि गर्दै आएकोले छापा मारेर शिलबन्दी गरिएको पर्साका प्रमुख जिल्ला अधिकार नारायण भट्टराईले जानकारी दिए।
छापामारीको क्रममा गोदाममा नापतौलका प्रमाणपत्र फेला नपरेको, गोदमबाट बिक्री गर्न इजाजत पत्र नराखिएको, तयारी बस्तु तथा म्याद नाघेको सामाग्री एकै ठाउँमा रहेको, साइनबोर्ड नराखिएको तथा गोममा रि–प्याकिड्ड गर्ने कार्य गरिएको फेला परेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा उक्त उधोगबिरुद्ध उजुरी परेपछि प्रशासनले छापा मारेको हो।