प्रहरीमाथि शंका नगरिदिनुस्ः महानिरीक्षक खनाल

प्रहरीमाथि शंका नगरिदिनुस्ः महानिरीक्षक खनाल
+
-

विर्तामोड-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। झापाको विर्तामोडमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरीलाई पहिलाकै दर्जामा राखेर नहेर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।

उनले भने, ‘पहिला कसले कहाँ के गर्यो भनेर प्रहरीमाथि अविश्वास नगरिदिनु होला। अब नेपाल प्रहरी पहिलाको भन्दा चुस्त छ। जनताको सुरक्षाका लागि सँधै तत्पर छ।’
महाअभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘प्रहरीले राम्रो काम गरिदेओस् भन्ने सबैलाई हुन्छ र त्यो हुनु पनि पर्छ।’

खनालले नेपालका सीमावर्ती इलाकामा हुने गरेको अवैध मदिरा धन्दा र भारतीय सीमामा खुला बिक्री हुने गरेको लागु पदार्थ नियन्त्रणका लागि केन्द्रस्तरबाटै भारतसँग कुरा गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘भविष्यका कर्णधारहरु अहिले लागु पदार्थको कुलतमा फसिरहेको अवस्था छ। जुन दर्दनाक छ। यहाँहरुले उठाउँदै आउनु भएको सीमावर्ती क्षेत्रमा हुने लागु पदार्थ व्यापार र मदिरा बिक्रीमा नियन्त्रणका लागि म केन्द्रस्तरबाटै पहल गर्छु।’

प्रहरीमाथि गरिने आशंकाका कुरा अब छोडिदिन उनले सर्वसाधारणसँग आग्रह गरे। उनले भने, ‘अब प्रहरीले तीन÷तीन महिनामा सार्वजनिक सुनुवाई गरेर सर्वसाधारणलाई आफूले गरेका प्रगति सार्वजनिक गर्नुपर्नेछ।’

कार्यक्रममा दुर्घटना महाअभियानका संयोजक महेन्द्र गिरीले ३५ लाखभन्दा बढीका सामग्री प्रहरीलाई हस्तान्तरण गरे। जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक छन्।

त्यस्तै, अनारमनी ३ मा रहेको ८ कठ्ठा जमिनमा निर्माण हुने जिल्ला ट्राफिक प्रहरीको ३ तले भवनको डिजिटल प्रविधिबाट शिलान्यास पनि महानिरीक्षक खनालले गरे।

प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राजेश राईले जानकारी दिएका छन्।

तस्बिर: उमाकान्त खनाल/देश सञ्चार 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?