अर्काको ज्यान जोगाइदिन ट्राफिक प्रहरीलाई हैरानी

अर्काको ज्यान जोगाइदिन ट्राफिक प्रहरीलाई हैरानी
+
-

विर्तामोड-जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी बिहीबार बिहानैदेखि सडकमा निस्किए। जब उनीहरु सडकमा निस्किए, भटाभट मोटरसाइकल जिल्ला ट्राफिक कार्यालयको आँगनमा ल्याउन थाले।एक जना जवान विष्णु बजगाईं भन्दै थिए, ‘कुनै तीन जना चढेका, कुनै हेल्मेट नलगाइ चलाइएका तथा कुनै मापसे गरेर चलाइएका बाइक हुन्।’

उनका भनाइमा स्पष्ट हुन्छ ती बाइक नियन्त्रणमा लिएर सर्वसाधारणलाई दुःख ट्राफिक प्रहरीको मनसाय होइन। बाइक तीन जना चढ्ने सवारी साधन होइन। हेल्मेट नलगाइ चलाएर दुर्घटना भएको खण्डमा टाउकोमा गम्भीर चोट लागेर मानिसको ज्यान पनि जानसक्छ।

मापसे गरेर चलाउन त झन् हुँदैन। मापसे गरेका मानिस शारीरिक र मानसिक रुपमा सवारी साधन चलाउन सक्षम हुँदैन, चलाउन पनि हुँदैन।तर बिहीबार होलीका दिन तराईका विभिन्‍न स्थानमा त्यस्ता दृश्यहरु देखिए। ट्राफिक प्रहरीले भेटेजति सबैलाई नियन्त्रणमा लियो र साँझदेखि सवारी धनीलाई जिम्मा लगाउन शुरु गर्‍यो।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होमप्रसाद अधिकारी भन्छन्, ‘चाडपर्वमा मदिराजन्य पदार्थको बिक्री बढ्यो। मदिरा पिएर मानिसहरु सवारी चलाउँछन्। उनीहरुको ज्यान जोगाइदिन हामी खटिएका छौं।’

झापामा बिहीबार साँझ पाँच बजेसम्म तीन सय ५९ वटा सवारी साधन कार्वाही परेकोमा ५३ वटा मापसेमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?