सिक्किम चुनाव

चाम्लिङ होलान् त छैटौं पटक मुख्यमन्त्री?

चाम्लिङ होलान् त छैटौं पटक मुख्यमन्त्री?
+
-

विर्तामोड -आगामी अप्रिल ११ तारिकलाई तय गरिएको विधानसभा तथा लो सभा चुनावका लागि अहिले नेपालीभाषी बाहुल्य रहेको भारतको पूर्वोत्तर राज्य सिक्किमको राजनीति तातेको छ।

खास गरि वर्तमान मुख्यमन्त्री पवनकुमार चाम्लिङका लागि छौटौँपटक मुख्यमन्त्री बन्नका लागि भाग्य फैसला हुने दिन हो। तर विगतमा एकछत्र राज गरेका चाम्लिङका लागि अहिले सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पिएस गोलेको दल बाधक बन्नसक्ने आँकलन गर्न थालिएको छ।

सन् १९९४ देखि पवनकुमार चाम्लिङ लगातार पाँचपटकसम्म मुख्यमन्त्री भए। उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले २५ वर्ष एकछत्र राज गर्दै आएको छ। उनकै पार्टीबाट राजनीतिमा ‘डेब्यु’ गरेका गोले अहिले उनको दह्रो प्रतिस्पर्धीका रुपमा मैदानमा उत्रेका छन्।

सिक्किममा करिब ६ लाख जनसंख्या छ। जसमा अधिकांश नेपालीभाषी छन्। त्यहाँको राजनीतिक इतिहासले पनि त्यहीँको पार्टीलाई त्यहाँका जनताले विश्वास गर्दै आएका छन्।

सिक्किम भारतमा विलय भए पश्चात चाम्लिङ तेस्रा मुख्यमन्त्री हुन्। काजी लेन्डुप दोर्जी र नरबहादुर भण्डारी उनी अघि मुख्यमन्त्री थिए। अब चौथो मुख्यमन्त्री तथा सत्तारुढ पार्टीका लागि अप्रिल ११ तारिकको चुनावका लागि नेताहरु गाउँ गाउँ पस्दैछन्। जनतालाई भोट माग्दैछन्।

वर्तमान सत्तारुढ दल सिक्किम डेमोक्रेटिक फ्रन्टले ३२ वटै विधानसभा सिटमा उम्मेद्वार खडा गरिसकेको छ भने गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले शनिबारसम्ममा उम्मेद्वार खडा गर्ने संभावना रहेको बताइएको छ।

स्थानीय राजनीतिक दल बाहेक भारतीय कांग्रेस, भारतीय जनता पार्टी लगायतले पनि चुनावका लागि उम्मेद्वार तय गर्ने तयारीमा छन्। कतिपयले कतिवटा सिटका लागि उम्मेद्वार तय गरिसकेका छन्। तर अहिलेसम्म न लोकसभा न विधानसभामा केन्द्रका पार्टीले जित निकालेका छन्।

चाम्लिङका लागि पिएस गोलेको बाधक बन्नसक्ने आँकलन गरिए पनि गोलेलाई लागेको भ्रस्टाचारको मुद्दाका कारण अहिलेको चुनावमा उनको उम्मेद्वारी पर्ने संभावना नरहेको सिक्किमका एकजना पत्रकार भीम रावतले बताए।

उनले भने, ‘यदि सिक्किम क्रान्तिकारी मोर्चाले सरकार बनाउने स्थिति आयो भने ६ महिनापछि मात्र गोले मुख्यमन्त्री बन्ने बाटो खुल्छ।’

क्रान्तिकारी मोर्चाका नेताहरुले पर्खेर भए पनि गोलेलाई नै मुख्यमन्त्री बनाउने बताउँदै आएको रावलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?