चिया उद्योगमा फेरि संकट, मजदुरद्वारा अनिश्चितकालिन बन्दको चेतावनी

चिया उद्योगमा फेरि संकट, मजदुरद्वारा अनिश्चितकालिन बन्दको चेतावनी
+
-

विर्तामोड- पूर्वी नेपालमा विस्तारित चिया उद्योग अनिश्चितकालिन बन्द गर्ने मजदुरले चेतावनी दिएपछि उक्त उद्योगमा पुनः संकट आउने देखिएको छ। नेपालबाट विदेश निर्यात हुने कृषिजन्य उत्पादनमध्ये प्रमुख भूमिका निर्वाह गर्ने चिया क्षेत्रमा फेरि मजदुरको पारीश्रमिकको लफडा उत्पन्न भएको छ।

पूर्वी नेपालका चिया बगानमा कार्यरत मजदुर ज्याला मजदुरीको विषयलाई लिएर फेरि आन्दोलित बनेका छन्। सरकारले तोकेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ र विमासहितको थप सेवा सुविधा नपाएको भन्दै चिया मजदुर आन्दोलित बनेका हुन्।

सरकारले लागू गरेको तलवसहितको सेवासुविधा बैंकबाट दिनुपर्ने, सञ्चयकोष र बर्षको २६ दिन विदा लगायतका सुबिधाको माग गर्दै झापाका चिया मजदुरहरुले केही महिना अघि विरोध प्रर्दशन गरेका थिए।

उनीहरुले चैत १७ गते देशभरका चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गर्नेदेखि औजार जुलुस र विभिन्न स्थानमा विरोध सभासम्मका आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन्। ‘चैत १७ गते सबै चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गर्छौं, दिउँसो झापाको चन्द्रगढीमा विरोधसभा गर्ने कार्यक्रम छ, अबको आन्दोलनको निष्कर्ष निकालेर मात्र रोकिन्छ,’ नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए।

सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले नौं महिना बितिसक्दासम्म पाउन नसकेको उनको भनाई छ।

चिया बगान मालिकले सरकारी नियमको पालना नगरी चिया मजदुरमाथि विभेद गरेको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?