
पर्सा- आइतबार साँझ अचानक आएको हावाहुरीका पर्सा र बारामा दुइ दर्जन स्थानीयको ज्यान गएको छ भने सयौ जना घाइते भएका छन्।
हावाहुरीले बाराको फेटा गाउपालिका, भुलही भर्वलिया वडा-१मा चार दर्जन घरहरु भत्किएका छन् भने सयौ स्थानीयहरु घाइते भएका छन्।
घाइते स्थानीहरुलाई तत्काल उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको छ भने प्रहरीको उद्दार टोली त्यहा पुगेका छन्।
स्थानीयहरुका अनुसार एक मिनेट आएको हावाहुरीले मानिसको ज्यान लिनुका साथै घरहरु सबै भत्काएर गयो।
हुरीबारे एक स्थानीय युवाले काप्दै भने, ‘ एक मिनेट हावाहुरी आयो, घरहरु सबै भत्काउन थाल्यो। मानिसको ज्यान पनि लियो र गयो। हामी सबै जना हेरेको हर्यै भयो। कतिले ज्यान जोगाउन समेत पाएन। भूकम्पभन्दा डरलाग्यो थियो त्यो एक मिनेट।’
देश सञ्चारका पर्सा संवाददाता राम मण्डलले त्यहाँबाट पठाएका तस्बिरहरु: