
विर्तामोड– गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथमा सेनाको स्काइ ट्रकमा प्रधानमन्त्री ओली बारा तथा पर्साका लागि उडेका छन्।
गृह जिल्ला झापाका पूर्व निर्धारित कार्यक्रम स्थगन गरेर प्रधानमन्त्री ओली हावाहुरीले ताण्डव मच्चाएका जिल्लाहरु बारा तथा पर्सातर्फ लागेका हुन्।
सेनाको स्काइ ट्रक भद्रपुर विमानस्थलमा उनलाई लिन आएको थियो।
सञ्चारकर्मीसामु छोटो कुराकानीमा प्रधानमन्त्री ओलीले सरकारले गरीबका लागि मजबुद घर निर्माणको काम गर्न लाग्दा लाग्दै विनाशकारी हावाहुरीले धेरैको उठिबास लगाएको बताए।
गृहमन्त्री थापाले पीडितका लागि राहत तथा बसोबासको बन्दोबस्त सरकारले मिलाउने बताए। स्वास्थ्यमन्त्री यादवले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए।