
अ
+
अ
अ
-
बारा – बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म २७ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । घाइते भएका ६ सय जना भन्दा धेरैको उपचार भइरहेको छ ।
उद्धार राहत र उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । प्रदेश सरकारले राहत र उद्धारका लागि सबै पक्षसँग आग्रह गरेको छ ।
हावाहुरीले सबैभन्दा बढि बाराको फेटा गाउँपालिकाको भरबलियामा क्षति पुर्याएको छ । त्यहाँ १ सय ५० भन्दा धेरै घर भत्केका छन् ।
फेटा गाउँपालिकाको दुई वडाका १५ जनाको मृत्यु भएको छ।
वीरगञ्ज संवाददाता राम मण्डलले भरबलिया पुगेर संकलन गरेका तस्बिरहरु