विद्यालयले अभिभावकलाई अर्ग्यानिक बन्दा कोसेली पठायो

विद्यालयले अभिभावकलाई अर्ग्यानिक बन्दा कोसेली पठायो
+
-

मेचीनगर- झापाको मेचीनगर नगरपालिका १४ दुहागढीमा रहेको बाल सुबोधिनी आधारभूत विद्यालयले कक्षा ८ का विद्यार्थीका अभिभावकलाई एक/एक वटा अर्ग्यानिक बन्दा कोसेली पठाएको छ।

सोमबार कक्षा ८ को परीक्षाको अन्तिम दिन उक्त विद्यालयले ५० जना विद्यार्थीका अभिभावकलाई एक/ एक थान विद्यार्थीले रोपेर फलाएका बन्दा कोसेली पठाएको हो।

कक्षा ८ मा पढाई हुने पेशा व्यवसाय विषयको प्रयोगात्मक कक्षाका लागि कक्षा ८ कै ५० जना विद्यार्थीले तीन महिना अघि एक सय बोट बन्दा रोपेका थिए। अहिले उनीहरुले एक/एक बोटको उत्पादन घर लगेका विद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए।

थापाले भने, ‘एक बोटको उत्पादन चाहिँ विद्यालय अवलोकनका लागि आउने पाहुनालाई प्रदान गर्न विद्यालय मै राखेका हौं।’

उक्त विद्यालयले गरेको प्रगति हेर्न अचेल अन्य विद्यालयका शिक्षक, अभिभावक तथा विद्यालय बाल सुबोधिनीमा घुईंचो लाग्ने गरेको छ।

गएको बर्ष पनि उक्त विद्यालयले अभिभावकलाई बन्दा कोसेली पठाएको थियो। अभिभावकलाई पठाउनको मुख्य उद्धेश्य अर्ग्यानिक उत्पादनका लागि प्रोत्साहन गर्न रहेको प्रधानाध्यापक थापाले बताए।

उनले भने, ‘विद्यार्थीले कस्तो उत्पादन गरेछन् भन्ने कौतुहलता मेटाउन र स्वास्थ्यका दृष्टिले अर्ग्यानिक उत्पादन नै उत्तम भन्ने अभिभावकमा परोस भनेर हामीले विद्यार्थीले उत्पादन गरेको बन्दा उनीहरुकै घर पठाइदिएका हौं।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?