जसले हुरीबाट पुरै परिवार जोगाउन सफल भइन्

जसले हुरीबाट पुरै परिवार जोगाउन सफल भइन्
+
-

बारा– आइतबार राती बारा र पर्सा लगायत तराईका जिल्लामा आएको हावाहुरीले अकल्पनिय क्षति गर्‍यो। जसबाट २८ जनाले ज्यान गुमाए भने करिब ६ सय भन्दा बढी घाइते भए। हावाहुरी यति निदर्यी भएर आयो कि क्षणभरमा घरहरु भत्किएर बस्तीहरु पुरै खण्डहरमा परिणत भए।

यो विनासकारी हावाहुरीबाट बाराको फेटा गाउँपालिका–६ पुरैनाकी मोलेसा खातुनको परिवार पनि अछुतो रहेन। आइतबार साँझ करिब सात बजेतिर मोलसा खातुन परिवारसँग बसेर खाना खाँदै थिइन्। खाना खाँदा–खाँदै एक्कासी बत्ति गएर अन्धकार भयो। बत्ति आउला र खाना खाउँला भनेर बसेका उनीहरुको त्यो चाहना पूरा हुन पाएन।

यत्तिकैमा हावा हुरी चल्न थाल्यो। चारजना छोराछोरीलाई काखीमा च्यापेर बसिन्। उनका श्रीमान मस्तुफा मियाँ हावाहुरीको अवस्था हेर्न बाहिर निस्किए। बाहिर निस्किएका उनी फर्केर भित्र पस्नै पाएनन्। हुरीले उनलाई पनि आफूसंगै लगेर गयो।

हुरीले उनको घर भत्कायो। भत्किएको घरले उनका चारजना छोराछोरी र उनका सुसुरालाई मात्रै च्यापेन, उनको आफ्नो दायाँ खुट्टा समेत भाँचिन पुग्यो। उनलाई आफ्नो भन्दा पनि छोराछोरीको ज्यान कसरी बचाउने भन्ने चिन्ताले सताउन थाल्यो। आफैले आफ्ना चारजना छोराछोरी र सुसुराको उद्दार गरिन्। उनका ससुरा केहीदिन अघिमात्रै छोराबुहारीलाई भेट्न आएका हुन्।

काखीमा च्यापेर छोराछोरीलाई त हुरीबाट जोगाइन्, तर हुरीले उडाएका उनको श्रीमानको कुनै अत्तोपत्तो थिएन्। हुरी थामिएपछि उनले करिब एक घण्टा श्रीमान्‌को खोजी गरिन्।

घाइते भएकी उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन्। दायाँ खुट्टा भाँचिएकि उनको अवस्था अहिले सामान्य छ। उनका श्रीमान सहित उनीहरु अहिले उनको माइतीमा बसेका छन्।

उनी अहिले करिव २६ वर्षकी भइन्। उनको विवाह भारत मोतिहारीका मुस्तुफा मियाँसँग भयो। परिवारको आर्थिक अवस्था कमजोर थियो। उनीहरु माइतीको जग्गामा सानो झुपडीमा बनाएर बसेका थिए। श्रीमान दिनभरि ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?