काठमाडाैँमा साढे ९ देखि गणना

+
-

काठमाडौँः दोस्रो चरणमा बिहीबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना साढे ९ बजेदेखि पाँच ठाउँमा सुरु गर्न सर्वदलीय सहमति भएको छ।

जिल्ला समन्वय समिति बबरमहलमा सम्पन्न सर्वदलीय बैठकमा राजनीतिक दलहरुलाई मतगणना प्रतिनिधि तोक्न साढे ९ बजेसम्म समय दिइएको निर्वाचन आयोगका सहन्यायाधीश गीताप्रसाद तिमिल्सिनाले जानकारी दिए। तिमिल्सिनका अनुसार हरेक दललाई प्रतिनिधिसभाका लागि चार जना र प्रदेशसभाका लागि दुई जना मतगणना प्रतिनिधि नियुक्त गर्न दिने सर्वदलीय सहमति भएको छ।

 

बैठकमा चुनावी प्रतिस्पर्धामा रहेका दलका प्रतिनिधि, निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत थिए। बिहान सात बजेदेखि सुरु भएको बैठकको निर्णयअनुसार राष्ट्रिय सभागृहमा जिल्लाको क्षेत्र नम्बर १,२,३ र ४ को मतगणना हुनेछ । बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा ५ र ७ को मतगणना हुने भएको छ । यस्तै जिल्ला समन्वय समिति बबरमहलमा क्षेत्र नम्बर ६ को मतगणना हुने भएको छ । बबरमहलकै वन परीसरमा क्षेत्र नम्बर ८ को मतगणना हुने भएको छ। बानेश्वरस्थित संविधानसभामा ९ र १० को मतगणना हुन लागेको तिमिल्सिनाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?