कसरी आयो राजेन्द्र लिङदेनलाई मार्ने धम्की?

कसरी आयो राजेन्द्र लिङदेनलाई मार्ने धम्की?
+
-

विर्तामोड – प्रतिनिधिसभा सदस्य तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई चैत ७ गतेदेखि लगातार एसएमएस तथा ह्वाट्सएपमा म्यासेज आउन थाल्यो। सबभन्दा पहिला ९८४३९४७२९४ नम्बरबाट पहिला एसएमएस आएको लिङदेनले बुधबार बिहान विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए।

के थियो एसएमएसमा? लिङदेनले भने, ‘म अहिले विदेश जान प्लेनमा छु। तपाईंलाई मार्ने षड्यन्त्र हुँदै गरेको मैले थाह पाएँ। पाँच जना मान्छेहरु होटलमा तपाईंलाई मार्ने कुरा गर्दैछन्। भनेर कुनै एकजना शुभेच्छुक भएर मलाई म्यासेज पठायो।’

लिङदेनका अनुसार एसएमएस पठाउने मान्छेले साथी नम्बर भन्दै ९८१३५४४९२९ दिएका थिए। त्यस नम्बरबाट लगातार भ्वाइस ह्वाट्सएपबाट आउन थालेको उनले बताए। तर उक्त नम्बरबाट आएका म्यासेजहरु हिन्दीमा थिए।

‘तँलाई मार्नका लागि मलाई पचास लाख रुपैयाँ दिएको छ। तर तँ जस्तो राम्रो मान्छेलाई मार्ने मन छैन। तर के गर्नु म त पैसामा काम गर्ने मान्छे’ भन्दै बारम्बार भ्वाइस म्यासेज आउन थालेको भ्वाइस म्यासेजहरु नै पत्रकार सम्मेलनमा सांसद लिङदेनले सुनाए।

त्यसपछि लिङदेनले पार्टी अध्यक्ष कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीसंग सम्पर्क गरेर प्रहरी प्रधान कार्यालय पुगे। मोबाइल ट्र्याक गर्दै जाँदा र जुन फोनबाट म्यासेज आयो त्यो सीमका धनी खोजेपछि उसले अनेकौं सीम प्रयोग गर्दै फाल्दै गरेको पत्ता लागेपछि पराजुली र रोकायालाई पक्राउ गरिएको लिङदेनले जानकारी दिए।

पक्राउ परेका झापाका पराजुलीले झापाकै राजनीति कर्मी तथा पहिला पनि अपराधमा संलग्न भएका व्यक्तिसंग सम्पर्क गरेको लिङदेनले बताए। उनले भने, ‘त्यो बेला म निकै गम्भीर बनेको थिएँ।’

लिङदेनले झापाकै केही राजनीतिकर्मीहरुको यो मुद्दामा हात रहेको संकेत पनि गरेका छन्। उनले भने, ‘सबैकुरा अहिले खोल्न मिल्दैन। राजनीतिक प्रतिशोध साँध्नेहरुको हात छ भन्ने चाहिँ लाग्छ।’

उनले सबभन्दा प्रदिप रोकाया फेला परेको बताए। ९८१३५४४९२९ बढी प्राथमिकता दिएर अनुसन्धान भइरहेको लिङदेनले बताए। हुम्लाको मान्छेले काठमाडौंको बसपार्कबाट सीम निकालेको देखिएपछि उसलाई खोज्दै जाँदा दर्जनौं सीम निकालेको देखिएको उनको भनाइ छ।

ती व्यक्तिको नामको अर्को सीममा सम्पर्क भएपछि प्रहरीको फन्दामा रोकाया परे। रोकायाले प्रहरीलाई बयान दिँदा सीम निकालेर अर्कै नचिनेको मान्छेलाई दिएको बताएपछि प्रहरीले शंकास्पद मान्छेका तस्वीर देखाउँदा झापा कचनकवलका तिलकदास पराजुलीलाई प्रहरीले पक्राउ गरेको लिङदेनले बताए।

प्रहरीसंगको बयानमा पराजुलीले पैसाको आवश्यकता भएकाले आफैले सबै काम गरेको बताएको लिङदेनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?