प्रधानन्यायाधीशमाथि आरोप गम्भीर, माग भने सामान्य

प्रधानन्यायाधीशमाथि आरोप गम्भीर, माग भने सामान्य
+
-

काठमाडौं– अदालतको अवहेलना मुद्दामा डाक्टर गोविन्द केसीको पक्षबाट वहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोही मुद्दामा जोडिएर प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्।

डाक्टर केसीले प्रधानन्यायाधीशको न्यायिक स्वच्छतामाथि प्रश्न उठाउँदै उनीमाथि छानबिन हुनुपर्ने माग राखेका थिए।

अधिवक्ता भन्डारीले पराजुली जोडिएको उक्त मुद्दा र केही दिनअघि एक दैनिक पत्रिकामा आफूले लेखेको लेखलाई लिएर पटकपटक आफैँले र समूह लगाएर ज्यान लिने धम्की दिएको आरोप लगाएका छन्।

भण्डारीले बुधबार काठमाडौं जिल्ला प्रशासनमा पुगेर आफ्नो ज्यान सुरक्षाको माग गर्दै निवेदन दिए। त्यसपछि उनी डाक्टर केसीसहित काठमाडौं प्रहरी परिसर पुगेका थिए। परिसर प्रमुख रविन्द्र धानुकले भण्डारीको शान्ति सुरक्षाका लागि बानेश्वर वृत्तलाई निर्देशन दिइएको जानकारी दिए।

‘उहाँले आफ्नो शान्ति सुरक्षाको माग गर्नु भएकाले त्यही अनुसार बानेश्वर वृतलाई निर्देशन दिएका छौं’, एसएसपी धानुकले भने।

अधिवक्ता भण्डारी शंखमूल बस्ने भएकाले सोही क्षेत्र हेर्ने प्रहरीलाई निर्देशन दिइएको उनले बताए। प्रधानन्यायाधीशजस्तो गरिमामय पदमाथि लागेको यस्तो आरोपमा प्रहरी र स्वयम् निवेदक दुवै गम्भीर देखिएका छैनन्।

‘शान्ति सुरक्षाको माग एकातर्फ होला तर आरोपबारे अनुसन्धान पनि हुनुपर्थ्यो। उच्च पदमा रहेको ब्यक्तिलाई आरोप लगाएर शान्ति सुरक्षा माग गर्दा प्रहरीले पनि आफ्नो अनुसन्धान गर्नुपर्थ्यो। त्यसमा पनि प्रहरी परिसर आफैले गर्नुपर्थ्यो’, महानगरीय प्रहरी कार्यलयका एक प्रहरी अधिकृत भन्छन्।

 

सम्बन्धित समाचारहरु…

गोविन्द केसीका वकिलको आरोप–प्रधानन्यायाधीशले दिए ज्यान मार्ने धम्की

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?