सिँगारपटार गरिँदै अस्थाई संसद भवन( फोटो फिचर)

सिँगारपटार गरिँदै अस्थाई संसद भवन( फोटो फिचर)
+
-

सुर्खेत-पहिलो प्रदेशसभा बैठक बस्‍ने दिन नजिकिदै गर्दा संसद भवनको सिंगार तथा सजावटको प्रक्रिया सुरु भएको छ। प्रदेश नम्बर ६ को अस्थाई राजधानी सुर्खेतमा बस्‍ने पहिलो बैठकका लागि अस्थाई संसद स्थलका रुपमा सिँचाइ विकास डिभिजनको सभा हललाई आवश्यक मर्मत तथा सजावटको काम सुरु गरिएको हो।

प्रदेश सरकारका संरचना राख्‍नका लागि व्यवस्थापनको जिम्मा पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतलाई प्रदेशको अस्थाई संसद भवन सजावटको काम भ्याइनभ्याइ भएको छ । सरकारले मर्मत र सजावटका लागि औपचारिक परिपत्र र ढिलो बजेट उपलब्ध गराएकाले केही समय कहाँ संसद वैठक बसाल्ने भन्ने अन्यौलता थियो।


सिँचाइ विकास डिभिजनको सभाहलमा प्रदेशसभा कक्षको व्यवस्थापन गर्दै। तस्विर-डिलप्रसाद शर्मा/देशसञ्‍चार

प्रदेश नम्बर ६ को पहिलो वैठक यहि माघ २१ गते तोकिएसँगै मध्यपश्चिमाञ्चल सिचाई डिभिजनको सभाहललाई सिंगार तथा रंगरोगनको काम सुरु गरिएको हो । प्रदेशसभाको भवनमा रंगरोगन, सभामुख कक्ष, साउण्ड सिस्टम जडान, सुरक्षाको व्यारेक स्थापना, फर्निचर व्यवस्थापनको काम तीव्र पारिएको प्रदेश संसद सचिव कृष्णहरी खड्काले बताए।

उनले वैठक बस्नका लागि आवश्यक भवनको अभावका कारण अस्थाई संसद भवनका रुपमा सिचाई डिभिजनलाई सजावट थालिएको बताए। भौतिक संरचना व्यवस्थापन समितिले यसअघि प्रदेशको बैठक स्थल क्षेत्रीय शैक्षिक तालिम केन्द्रलाई संसद भवन बनाउन केन्द्रमा सिफारिस गरेको थियो।


सिँचाइ विकास डिभिजनको सभाहलमा प्रदेशसभा कक्षको व्यवस्थापन गर्दै। तस्विर-डिलप्रसाद शर्मा/देशसञ्‍चार

तर, त्यहाँ आवाज परावर्तन (इको) हुने भएकाले तत्काललाई उक्त भवनमा बैठक बोलाउन नसकिएको उनले बताए ।’शैक्षिक तालिम केन्द्रलाई संसद भवनका लागि उपयुक्त मानिएको छ ।’ उनले भने, ‘तर, मर्मत तथा व्यवस्थित गर्नुपर्ने भएकोले पहिलो बैठक सिचाइँ विकासको हलमा बोलाइएको छ।’

हाल संसद व्यवस्थापनका लागि पाँच करोड खर्च बजेट विनियोजन गरिएको छ । सोही रकम बाट उक्त भवन व्यवस्थापनका लागि खर्च गरिने उनले बताए । हाल सजावत थालिएको सिचाई डिभिजनमा करिव पाँच लाख खर्च लाग्ने अनुमान गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी झंकबहादुर थापाले बताए।


सिँचाइ विकास डिभिजनको सभाहलमा प्रदेशसभा कक्षको व्यवस्थापन गर्दै। तस्विर-डिलप्रसाद शर्मा/देशसञ्‍चार

हलको व्यवस्थापन २० गतेसम्म गरिने छ भने, २१ गते दिउँसो १ बजे प्रदेश ६ को संसद बैठक बस्‍ने छ। प्रदेशसभामा ४० जना सदस्यहरु रहेका छन्। बैठक बस्ने दिन नजिकिएसँगै रातदिन नभनी तयारी तीवं पारिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?